logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • राखेको रकम १० गुणाले बढ्ने एनआइसीको प्रडक्टले बैंकिङ उद्योगमा तरङ्ग

    राखेको रकम १० गुणाले बढ्ने एनआइसीको प्रडक्टले बैंकिङ उद्योगमा तरङ्ग

    1.8K
    SHARES
    राखेको रकम १० गुणाले बढ्ने एनआइसीको प्रडक्टले बैंकिङ उद्योगमा तरङ्ग

    काठमाण्डौ । नेपालको बैंकिङ उद्योगमा निक्षेप तथा कर्जासँग सम्बन्धित प्रडक्टहरुमा नवीन युगको सुरुवात गरेको एनआइसी एशिया बैंकले एकपछि अर्का चमात्कारिक फाइदा प्राप्त हुने प्रडक्टहरु सार्वजनिक गर्दै आएको छ । एनआइसी एशियाका नवीन प्रडक्टहरुको अवधारणा यति धेरै लोकप्रिय भइरहेका छन् कि अरु बैंकहरु समेत पछ्याउन बाध्य बनिरहेका छन् ।



    पछिल्लो समय बैंकिङ प्रणालीमा तरलताको अभावको समस्या चर्को बनिरहेको बेला छरिएर रहेका निक्षेप संकलन गर्ने उद्देश्यले एनआइसी एशियाले अभूतपूर्व विशेषताले भरिएको निक्षेपको प्रडक्ट ल्याएको छ । यो प्रडक्ट सार्वजनिक भएको केही साता नबित्दै सर्वसाधारणको अचाक्ली आकर्षण देखिएको छ । एनआइसी एशियाले लामो अवधिका निक्षेप योजनाहरु सार्वजनिक गरिरहँदा एकातिर सर्वसाधारणले नसोचेको रिटर्न पाउने अवस्था बनिरहेको छ भने अर्कोतिर बैंकिङ उद्योगहरुमा हुने गरेको निक्षेप र लोनको मिसम्याचको समस्या समेत हल हुने अवस्था सिर्जना भएको छ ।

    छोटो अवधिको निक्षेप संकलन गर्ने, तर लोन दिंदा चाहिँ लामो अवधिको दिने प्रवृतिले विगतमा बैंकहरु प्रताडित थिए । तर, एनआइसी एशियाले बजारमा ल्याएको नयाँ सोंच र नयाँ प्रडक्टले अरु बैंकलाई पनि लामो अवधिका स्रोत व्यवस्थापनमा अग्रसर गराएको छ । यसको परिणाम अहिले नेपाली बैंकहरुले पनि विकसित देशका बैंकहरुले जस्तै लामो अवधिको निक्षेप संकलनको सार्थक प्रयास अगाडि बढाएका छन् । सबै उद्योगलाई बाटो देखाउने काम चाहिँ एनआइसी एशियाले गरेको छ ।

    एनआइसी एशिया बैंकले समयको माग र ग्राहकहरुको आवश्यकतालाई नजिकबाट नियालेर नेपाली बैंकिङ इतिहासमै नौलो निक्षेप योजनाको थालनी गरेको हो । यसअघि पनि बैंकले ग्राहकलाई थुप्रै सुविधासहितको योजना प्रदान गर्दै आएकोमा यसपाली ‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दति योजना’ सञ्चालनमा ल्याएको छ । यो निक्षेप योजनाले समग्र उद्योगमै नयाँ तरङ्ग ल्याइदिएको छ । बैंकले ल्याएको यो स्किममा सहभागी बन्ने समय लम्बिएर साउन मसान्तसम्म पुगेको छ । एनआइसी एशियाको नवीन सोंच र स्किममा सर्वसाधारणको अभूतपूर्व आकर्षण देखिएपछि अन्य बैंकले पनि यस्तै प्रडक्ट ल्याउने लहर नै देखिएको छ । यस्तो योजना अहिलेसम्म कुनै पनि बैंकले ल्याएको थिएन ।

    ‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दति योजना’ अन्तर्गत निक्षेप राख्न चाहाने ग्राहकले निक्षेप रकमको १० गुणासम्म रकम पाउनेछन् । जसबाट निक्षेप रकमको १० गुणासम्म रकम पाउने ग्राहकलाई भविष्यमा उच्च ब्याजदरसहित अधिक फाइदा हुने देखिन्छ । बैंकले यो स्कीमअन्तर्गत रकम राखेका ग्राहकले २१ वर्ष ७ महिना १७ दिनमा आफूले राखेको रकमको १० गुणा रकम फिर्ता पाउनेछन् । उदाहरणका लागि अहिले ५ लाख रुपैयाँ राखेको खण्डमा २१ वर्ष ७ महिना १७ दिनमा १० गुणाले बढेर त्यो रकम ५० लाख रुपैयाँ पुग्नेछ । यदि १० लाख रकम राखेमा २१ वर्ष ७ महिना १७ दिनमा १० बढेर १ करोड पाईनेछ ।

    एनआइसी एशियाले बीमाभन्दा आकर्षक योजना ल्याएपछि अहिले यसतर्फ ग्राहकको चासो अचाक्ली बढेको देखिन्छ । केही महिनाअघिसम्म धेरैमा १ वर्षसम्मको मुुद्दती निक्षेपको प्रडक्ट ल्याउने बैंकहरु स्रोतको समस्याबाट गुज्रिन थालेपछि डबल रिटर्न पाउने निक्षेप योजनातर्फ मोडिएका छन् । ब्याजदर बढेर निकै उच्चस्तरमा पुगेको बेला केही बैंकहरुले ६/७ वर्षभित्रै राखेको रकम डबल हुने मुद्दति योजना ल्याए पनि एनआईसीले भने निकै कदम अगाडि बढेर २१ वर्ष ७ महिनामा १० गुणाले आफ्नो रकम बढ्ने योजना ल्याएको हो ।

    प्रायः गाउँघरका व्यक्तिहरुले भएको रकमलाई बढी व्याजको लोभमा गाउँमै ऋण दिएका हुन्छन् । जुन जोखिमपूर्ण हुन्छ । कतिपय घटनामा त्यसरी लगाइएको पैसा डूबेका पनि छन् । त्यस्ता व्यक्तिहरुका लागि समेत एनआइसी एसियाले राखेको रकम १० गुणा हुने गज्जबको प्रडक्ट विकास गरेको देखिन्छ ।

    विगतमा बैंकहरुले निक्षेप १ वर्षका लागि मात्रै लिने र कर्जा लगानी २०-२५ वर्षसम्मका लागि गर्दै आएका थिए । जसबाट बैंकिङ क्षेत्रको स्रोत व्यवस्थापनमा मिसम्याचको समस्या बढ्दै गएको थियो । छोटो समयको निक्षेप लिँदा र लामो समयको लागि कर्जा लगानी हुँदा बैंकहरु जोखिममा परेको धारणासमेत विज्ञहरुले व्यक्त गर्दै आएका थिए । अहिले एनआइसी एशियाजस्ता बैंकहरुले लामो समयको लागि मुुद्दती निक्षेपको योजना ल्याईरहँदा मिसम्याचको समस्या कम हुने बैंकिङ विज्ञले बताएका छन् ।

    बैंकले लामो समयका लागि डिपोजिट लिनसके मिसम्याचको समस्या कम हुने पूर्वबैंकर पर्शुुराम कुँवर क्षेत्री बताउँछन् । २-४ पैसा बढी ब्याज तिरेर लामो समयका लागि डिपोजिट लिनु राम्रो रहेको उनको भनाई छ । ‘बैंकहरुले लामो समयका लागि डिपोजिट लिन सके पहिलाको जस्तो मिसम्याचको समस्या आउँदैन ।’ उनले भने ‘नाफा कमाउने नाममा २५ देखि २७ प्रतिशतसम्म कल डिपोजिट लिएर बैंक चलाउने र १५-२० वर्षे लोन दिएको पनि देखिएको छ, तर त्यो तुलनामा २-४ पैसा बढी ब्याज तिरेर लामो समयको लागि डिपोजिट लिनु राम्रो हो ।’

    साथै उनले बैंकले लामो समयको कर्जा दिने र लामै समयको लागि डिपोजिट लिने सुरुवात गर्नुलाई सुखद भनेका छन् । बैंकले बजार अनुगमन गरी १० गुणा बढीको प्रडक्ट ल्याएकाले राम्रै हुने पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री बताउँछन् । ‘उहाँहरुले बजार अनुगमन गरी यस्तो प्रडक्ट ल्याएकाले राम्रै होला ।’ उनले भने । यस्ता नवीन प्रडक्टहरु ल्याउन सके सर्वसाधारण समेत बैंकमा पैसा राख्न उत्प्रेरित हुने उनको भनाई छ ।

    देशको कुना–कुनामा वित्तीय सेवा पुर्याउन सफल भएको यस बैंकमा कुल ग्राहकको संख्या ३० लाख रहेको छ । जुन अन्य बैंकको तुलनामा सबैभन्दा बढी हो । यस बैंकको देशभर शाखा सञ्जाल निकै ठूलो छ । अन्य बैंकको शाखा र एटिएमहरु नपुगेको स्थानमा समेत यो बैंकले सेवा दिंदै आएको छ । एनआइसी एशियाले सेवा बिस्तारदेखि प्रडक्ट डिजाइनसम्ममा अपनाएको नवीन शैलीका कारण छोटो अवधिमै बैंकिङ उद्योगकै बलियो वित्तीय संस्था बन्ने सफलता प्राप्त गरिसकेको छ । पछिल्लो समय त नाफा, निक्षेप तथा कर्जाको आकार लगायतका प्रमुख वित्तीय सूचकमा यो बैंकले धेरै बैंकहरुलाई पछाडि पारिसकेको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, ३ साउन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट