logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • उल्फ एयर मास्कले छोटो समयमा मै पायो उत्कृस्ट प्रतिक्रिया

    उल्फ एयर मास्कले छोटो समयमा मै पायो उत्कृस्ट प्रतिक्रिया

    1.8K
    SHARES
    उल्फ एयर मास्कले छोटो समयमा मै पायो उत्कृस्ट प्रतिक्रिया

    काठमाण्डौ । उल्फ एयर मास्क नेपाली बजारमा बिक्री वितरण सुरु भएको छोटो समयमा नै बजारमा उत्कृष्ट प्रतिक्रिया प्राप्त गरेको छ।



    यसै क्रममा गत शुक्रबार नेपाल कै ठुलो मानिएको गुण सिनेमा अन्तर्गतको दरबार सिनेम्याक्सले आफ्नो सिनेमा हलहरुमा उल्फ एयर मास्क जडान गरेको हो। जसले सिनेमा हलका दर्शकहरुलाई कोरोना लगाएतका भाइरसहरुबाट सुरक्षा प्रदान हुने बताइएको छ।

    प्लानेट हेल्थ केयरका सहायक निर्देशक रोजन श्रेष्ठ र दरबार सिनेम्याक्सका कार्यकारी निर्देशक दिप्रश शाक्य बीच भएको सम्झौता अनुसार उल्फ एयर मास्क १००० स्क्वायर फिटका ५ वटा डिभाइस उक्त सिनेमा हलमा लगाइएको जनाइएको छ। उक्त प्रडक्ट दरबार सिनेम्याक्समा जडान गर्नु अगाडी ७२ एयर क्वालिटी इन्डेक्स पियम २.५ स् २२ युजी प्रति मेट्रिक क्युब देखाइरहेको थियो भने जडान पश्चात १२ एयर क्वालिटी इन्डेक्स र पियम २.५: ४ युजी प्रति मेट्रिक क्युब देखाएको थियो ।

    जडान गरेको ४ देखि ५ घण्टा भित्र नै उक्त प्रडक्टले रिजल्ट देखाएको थियो। यो प्रडक्ट ७ देखि १० वर्षसम्म प्रयोग गर्न सकिनेछ भन्ने कुरा कम्पनीका सहायक निर्देशक रोजन श्रेष्ठले बताए। उक्त प्रडक्ट को जडान पश्चात दरबार सिनेम्याक्सको रिजल्ट तल देखाइएको दृश्य मार्फत पनि थाहा पाउन सकिन्छ।

    wolf1658232277.PNG


    अर्थ चाैतारी
  • मंगलबार, ३ साउन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट