logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • एसवाई प्यानलले टिकटक प्रतियोगिता गर्दै, पुरस्कार ८ लाख ८५ हजार

    एसवाई प्यानलले टिकटक प्रतियोगिता गर्दै, पुरस्कार ८ लाख ८५ हजार

    2.3K
    SHARES
    एसवाई प्यानलले टिकटक प्रतियोगिता गर्दै, पुरस्कार ८ लाख ८५ हजार

    काठमाण्डौ । कोरियन प्रविधिको स्यान्ड्विच प्यानल उत्पादन गर्ने कम्पनी एसवाई प्यानल नेपालले टिकटक प्रतियोगिता गर्ने भएको छ।



    प्रतियोगितामा भाग लिने प्रतियोगीले कम्पनीको अफिसियल भिडियोको ओरिजिनल साउन्डमा भिडियो बनाउनुपर्ने आयोजकले जनाएको छ। प्रतियोगितामा साउन ०६ गतेदेखि भदौ ०६ गतेसम्म भिडियो पोस्ट गरिसक्नुपर्नेछ ।

    पहिलो विजेताले डेढ लाख नगद रुपैयाँ पाउनेछन् । दोस्रो (दुई जना) प्रतिव्यक्ति एक लाख नगद रुपैयाँ पाउनेछन् । त्यस्तै तेस्रो (तीन जना) प्रतिब्यक्ती पचहत्तर हजार प्रदान गरिनेछ भने चौथो (चार जना) प्रतिब्यक्ती चालीस हजार र पाचौं (पाँच जना) प्रतिब्यक्ती तिस हजारका दरले पुरस्कार स्वरुप नगद प्रदान गरिने एसवाई प्यानलका महाप्रबन्धक शशी साहले जानकारी दिए ।

    प्रतियोगिताबाट उत्कृष्ट भिडियोहरुलाइ छनौट गरी ३० प्रतिशत लाइकको आधारमा ४० प्रतिशत सिर्जनात्मक र निर्णायकको आधारमा र १० प्रतिशत मोस्ट भ्युज, मोस्ट सेयर, मोस्ट कमेन्टको आधारमा विजयी घोषणा गरिने जनाएको छ । भाद्र दस गते पुरस्कार वितरण गरिनेछ भने भिडियो सिर्जनात्मक र सभ्य हुनुपर्नेछ । टिकटक बनाइसकेपछि अनिवार्य रुपमा @SY_NEPAL मा ट्याग गर्नुपर्नेछ भने ह्यासट्यागको रुपमा #synepal #sayyes प्रयोग गर्नुपर्नेछ ।

    महाप्रबन्धक साहका अनुसार नेपाल सरकारको नियम अनुसार लाग्ने कर विजेता स्वयंले व्यहोर्नुपर्नेछ । कोरियाली कम्पनी एसवाई प्यानलद्वारा उत्पादन भएका फेब्रिकेटेडको प्रयोग गरी घर, भवन लगायत निर्माण भइरहेको छ । नेपालमा एसवाई प्यानल लोकप्रिय हुँदै गइरहेको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, ३ साउन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट