logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • सुमनाले किन दिइन् रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा ?

    सुमनाले किन दिइन् रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा ?

    910
    SHARES
    सुमनाले किन दिइन् रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा ?

    काठमाण्डौ । प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहमहामन्त्री पदबाट राजीनामा दिएकी छन् । पार्टी सभापति रवि लामिछाने पक्राउ पर्नुअघि बसेको रास्वपाको केन्द्रीय समिति बैठकमा लामिछानेले पार्टीको व्यापक पुनर्संरचना गर्ने बताए लगत्तै सुमनाले सहमहामन्त्री पदबाट राजीनामा दिएकी हुन् ।



     

    सभापति लामिछानेको पार्टी पुनर्संरचना गर्ने चाहनालाई सहयोग पुर्‍याउन सुमनाले दोहोरो भूमिका निर्वाह नगर्ने बरु संसदमै प्रभावकारी भूमिका निर्वाह गर्छु भनेर राजीनामा दिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । सुमनाले भने राजीनामाबारे कुनै प्रतिक्रिया दिएकी छैनन् । श्रोतका अनुसार आज बिहीबार बस्ने बैठकमा उनले आफ्ना कुरा राख्ने तयारी गरेकी छन् ।

     

    ‘अघिल्लो बैठकमा पार्टी सभापति लामिछानेले पार्टीमा पुनर्संरचना आवश्यक छ भनेर भन्नुभएको थियो । त्यसमा सुमनाजीले एक पद एक व्यक्तिको प्रस्ताव ल्याउनु भएको हो’, झाले रातोपाटीसँग भने, ‘विधायिकी भूमिकामा अझै बढी केन्द्रित हुनका लागि यताको भूमिकाबाट उहाँले छुट्टी लिनुभएको हो, यो पोजेटिभ हो ।’

     

    प्रधानमन्त्री सरकार प्रमुख र सबै विश्वविद्यालयको उपकुलपति समेत भएर बस्ने अवस्थामा सरकार र विश्वविद्यालय दुवै राम्रो चलाउन नसकेको अवस्थामा सुमनाले उदाहरण प्रस्तुत गरेको झाको भनाइ छ । रास्वपा स्रोतका अनुसार सभापति लामिछानेको पार्टी पुनर्संरचनाको चाहनालाई सहयोग पुर्‍याउन अन्य पदाधिकारी र विभागीय प्रमुखहरूले समेत राजीनामा दिने तयारी गरेका छन् । ‘अरू पदाधिकारी र केही विभागीय प्रमुखले पनि यस्तो तयारी गरेका छन्’, स्रोतले भन्यो, ‘अरू को को हुन् भन्ने चाहिँ केन्द्रीय समिति बैठकपछि मात्र थाहा होला ।’


    अर्थ चाैतारी
  • विहिबार, ३ बैशाख २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट