काठमाण्डौ । राष्ट्रिय अनलाइन पत्रकार संघ (नोजा) र मनासलु वर्ल्ड कलेज चाबहिल बिच बिपन्न तथा जेहेन्दार बिद्यार्थी लाई निः शुल्क शिक्षाका लागि मंगलबार एक समझ्दारी पत्रमा हस्ताक्षार भएकाे छ ।
राष्ट्रिय अनलाइन पत्रकार संघ (नोजा) ले श्रमजीवी पत्रकार हरु तथा उनिहरुका परिवारले बेहोर्नु परीरहेको हरेक समस्यालाई सहजीकरण गर्न नोजाले कलेज , अस्पताल लगाएतको क्षेत्रमा पत्रकार लाई दिने सेवा सुबिधा सम्बन्धि सम्झौताहरु गर्दै आएको जनाएकाे छ ।
बिशेष गरि पत्रकरीता बिषयमा पढ्न चाहेर पढ्न नसकेका र पढ्न नसक्ने अवस्थामा रहेका पत्रकार का एकाघरका सदस्यलाई लक्षित गरि यो सम्झौता गरिएको नोजाका अध्यक्ष मुकुन्द ढुंगानाले बताए । यस अघिपनी नोजा ले समाज डेन्टल अस्पताल र ग्रीन सीटी अस्पताल संग पत्रकार हरुको लागि सहज रुपमा उपचार गराउने बिषयमा सम्झौता गरिसकेकाे छ।
अर्थ चाैतारी ।