logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • मल्टीब्राण्ड सपिङ्ग स्टोर बिग डिजिटलको शुभारम्भ

    मल्टीब्राण्ड सपिङ्ग स्टोर बिग डिजिटलको शुभारम्भ

    2.3K
    SHARES
    मल्टीब्राण्ड सपिङ्ग स्टोर बिग डिजिटलको शुभारम्भ

    काठमाण्डौ । मल्टीब्राण्ड सपिङ्ग स्टोर बिग डिजिटलको आजदेखि शुभारम्भ भएको छ। नायिका तथा यस स्टोरकी ब्राण्ड दूत स्वस्तिमा खड्काले ललितपुरको ग्वार्कोमा अवस्थित ग्वार्को कम्प्लेक्समा एक समारोहबीच उद्घाटन गरेकी हुन् ।



    समारोहमा बोल्दै खड्काले बिग डिजिटलले उच्चकोटीको उत्पादनहरु ग्राहकलाई पस्कँदै निरन्तर प्रगतिको शिखरहरू आरोहण गदै जाओस् भन्ने शुभकामना व्यक्त गरे । त्यसैगरी बिग डिजिटलका कार्यकारी प्रमुख अधिकृत विक्रमेश ओझाले अन्तर्राष्ट्रियस्तरका विविध ब्राण्डहरु सहज र सरल ढंगले नेपाली ग्राहकहरुलाई उपलब्ध गराउने ध्येयले यस स्टोरको स्थापना गरिएको जनाए ।

    सपिङ्ग स्टोरमा ९० भन्दा बढी अन्तर्राष्ट्रिय ब्राण्डका घरायसी सामग्री, मोबाइल फोन, ल्यापटप, टिभी र वाद्ध्यवादन लगायतका उत्पादनहरु उपलब्ध रहने बताइएको छ । ग्राहकहरुले खरिद गर्दा लक्की ड्र मार्फत विभिन्न आकर्षक उपहारहरुको अलावा १०० प्रतिशत नगद फिर्ता पनि प्राप्त गर्न सक्नेछन्। त्यसैगरी उनीहरुले खरिद गरेको समानको घरमा नि:शुल्क डेलिभरी र जडानको सुविधा पनि पाउनेछन्।


    अर्थ चाैतारी
  • बुधबार, ४ साउन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट