logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • अर्थतन्त्र संकटमा पर्दा कस्तो नीति लिने भन्ने अधिकार सरकार र राष्ट्र बैंकको हो : शेखर गोल्छा

    अर्थतन्त्र संकटमा पर्दा कस्तो नीति लिने भन्ने अधिकार सरकार र राष्ट्र बैंकको हो : शेखर गोल्छा

    1.6K
    SHARES
    अर्थतन्त्र संकटमा पर्दा कस्तो नीति लिने भन्ने अधिकार सरकार र राष्ट्र बैंकको हो : शेखर गोल्छा

    काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्र संकटमा रहेको बेलामा आयात गर्ने/नगर्ने भन्ने अधिकार सरकार र राष्ट्र बैंकको भएको बताएका छन्।



    शुक्रवार नेकपा (एमाले) को नीति तथा अनुसन्धान प्रतिष्ठानको उद्घाटन तथा अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले अहिलेको अवस्थामा के आयात गर्नुहुन्छ र के गर्नुहँदैन भन्ने विषय निजी क्षेत्रको सरोकारको विषय नभएको बताएका हुन्।

    उनले अहिले सरकारको भुक्तानी सन्तुलन, बैंकिङ तरलता के भइरहेको छ? यो समयमा के आयात गर्नुहुन्छ ? के आयात गर्नुहुन्न भन्ने कुरा निजी क्षेत्रको सरोकारको विषय नभएर राष्ट्र बैंक वा सरकारको भएको बताए। उनले निजी क्षेत्र स्वाभवैले नाफामुखीमा विश्वास गर्ने कुरा अस्वीकार गर्न नसक्ने बताए। अध्यक्ष गोल्छाले निजी क्षेत्रले उत्पादन क्षेत्रमा लगानी गर्न नसक्नु कस्ट अफ डुइङ अत्याधिक हुनु रहेको दाबी गरे।

    उनले जबसम्म कस्ट अफ डुइङ बिजनेश नघटेसम्म उत्पादन क्षेत्रमा लगानी नबढ्ने जिकिर गरे। अध्यक्ष गोल्छाले अनउत्पादनशील क्षेत्रमा लगानी नभए राज्यको राजश्व समेत नउठ्ने बताए। उनले अहिले सरकारले उठाएको राजस्व व्यवसायीहरुले व्यापारमा लगानी गरेर नै उठेको भन्दै गाडी, मोटरसाइलको आयातलाई रोक्दा राजश्व समेत रोकिने बताए। अध्यक्ष गोल्छाले बैंकको ब्याजदर ६ महिनामा ७० प्रतिशत ब्याजदर बढ्न राम्रो नभएको बताए।

    उनले भने, ‘जब कुनै देशमा ६ महिनामा ६० देखि ७० प्रतिशत बैंकको ब्याजदर बढ्छ । त्यो देशको अर्थतन्त्र कस्तो अवस्थामा रहेको छ भन्ने सोझै देखिन्छ । अन्य देशमा बैंकको ब्याजदर १÷२ प्रतिशतले बढ्दा त्यहाँको अर्थतन्त्रमा ठूलो हलचल हुन्छ तर हाम्रोमा ६० प्रतिशत ब्याजदर बढेको छ यसले हाम्रो अर्थतन्त्र कस्तो छ भनेर देखाएको छ।’

    उनले अहिले निजी क्षेत्र निराश हुनुको मुख्य कारण बैंकहरुमा तरलताको अभावले गर्दा लगानी एकदमै न्यून हुनु रहेको बताए। ‘ठूलो उद्योगीहरुले पनि बैंकहरुले कर्जा पाउने अवस्था रहेको छैन । यस्तो अवस्थामा साना र मझौला उद्योगीहरुको हालत कस्तो होला सोच्न पनि सक्दैनौं । उनीहरु बैंकसँग कर्जा लिन नसक्ने अवस्थामा रहेको छ। यसले ठूलो निराशा छाएको छ’, उनले थपे।

    अहिले हरेक क्षेत्रमा माग घटेको, निर्माण सामग्रीमा ४० प्रतिशत मागमा कमी आएको बताउँदै उनले अब फेरि मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन नसके आउने आर्थिक वर्ष पनि राजस्वमा ठूलो ह्रास आएर साधरण खर्च पनि धान्न गाह्रो हुने बताए। त्यसको लागि पनि कर्जा लिनुपर्ने अवस्था आउनसक्ने भन्ने निजी क्षेत्रको ठूलो चिन्ताको विषय बनेको उनको भनाइ छ।

    ‘यसको कारण व्यापार घाटा रहेको छ । हामीले अत्याधिक आयात ग¥यौं । अहिले सरकारले चालेका कदमहरु ठीक रहेका छन् । निजी क्षेत्रले भुक्तानी सन्तुलन के भइरहेको छ । अहिले तरलता के भइरहेको छ । हामीले के आयात गर्नुहुन्छ यस्तो बेला के आयात गर्नुहुन्न भन्ने कुरा निजी क्षेत्रको सरोकारको विषय होइन’, उनले भने। यो विषय राष्ट्र बैंक वा सरकारको भए पनि निजी क्षेत्रलाई दोष दिन नमिल्ने उल्लेख गरे।

    ‘हामीले उत्पादनशील क्षेत्रमा किन लगानी गरेनौँ त। किन बढी आयात ग¥यौँ’, उनले भने, ‘जबसम्म कस्ट अफ डुइङ बिजनेश घट्दैन । उत्पादन क्षेत्रमा लगानी बढ्न सक्दैन । अनउत्पादनशील क्षेत्रमा लगानी भएन भने राज्यलाई राजस्व पनि उठ्दैन।’ अहिले सरकारले उठाएको राजस्व व्यवसायीहरुले व्यापारमा लगानी गरेर नै उठेको बताउँदै उनले गाडी, मोटरसाइकल आयातलाई रोक्ने हो भने राजस्व रोकिने बताए।

    अध्यक्ष गोल्छाले पछिल्लो एक वर्षदेखि बैंक तथा वित्तीय प्रणालीमा देखिएको तरलता अभावका कारण कर्जा नपाउँदा निजी क्षेत्र निरास भएको बताए। उनले अझै पनि अर्थतन्त्र चलायमान नहुने र उत्पादन क्षेत्रमा लगानी न्यून रहने बताए। अध्यक्ष गोल्छाले पछिल्लो समय हरेक क्षेत्रमा वस्तुको मागमा कमी आएको बताए।


    अर्थ चाैतारी
  • शुक्रबार, ६ साउन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट