logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • सानिमा बैंक र प्रहरी अस्पतालबीच विपन्न महिलाको उपचारमा आर्थिक सहयोग गर्ने सम्झौता

    सानिमा बैंक र प्रहरी अस्पतालबीच विपन्न महिलाको उपचारमा आर्थिक सहयोग गर्ने सम्झौता

    1.7K
    SHARES
    सानिमा बैंक र प्रहरी अस्पतालबीच विपन्न महिलाको उपचारमा आर्थिक सहयोग गर्ने सम्झौता

    काठमाण्डौ । सानिमा बैंक र नेपाल प्रहरी अस्पताल महाराजगन्जबीच न्यून आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौतामा हस्ताक्षर भएको छ।



    उक्त सम्झौताअन्तर्गत सानिमा बैंकले न्यून आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि वार्षिक चार लाख ८० हजार सहयोग उपलब्ध गराउनेछ। सानिमा बैंकले प्रत्येक ‘नारी बचत खाता’बापत बैंकको तर्फबाट मासिक १ रुपैयाँको दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दै आएको छ। उक्त संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले नै बैंकले नेपाल प्रहरी अस्पतालसँग यो सम्झौता गरेको बैंकले जनाएको छ।

    नेपाल प्रहरी अस्पतालमा आयोजित कार्यक्रममा उक्त सम्झौतापत्रमा नेपाल प्रहरी अस्पतालका प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंह र सानिमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईंले हस्ताक्षर गरेका हुन्। सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ कार्यालय र १२० वटा एटीएम सञ्चालनमा छन्।


    अर्थ चाैतारी
  • शुक्रबार, ६ साउन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट