logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • मंगलम ग्रुपका निर्देशक अभिनव चुरिवाल ‘कर्पोरेट बिजनेस एक्सेलेन्सी अवार्ड’ बाट सम्मानित

    मंगलम ग्रुपका निर्देशक अभिनव चुरिवाल ‘कर्पोरेट बिजनेस एक्सेलेन्सी अवार्ड’ बाट सम्मानित

    2K
    SHARES
    मंगलम ग्रुपका निर्देशक अभिनव चुरिवाल ‘कर्पोरेट बिजनेस एक्सेलेन्सी अवार्ड’ बाट सम्मानित

    काठमाण्डौ । मंगलम ग्रुपका प्रबन्ध निर्देशक अभिनव चुरिवाल कर्पोरेट बिजनेस एक्सेलेन्सी अवार्डबाट सम्मानित भएका छन्।



    अवार्ड उपराष्ट्रपति नन्दबहादुर पुनले प्रदान गरेका थिए। कर्पोरेट म्यागजिनद्वारा मंगलबार होटेल ¥याडिसनमा आयोजित कर्पोरेट बिजनेस अवार्ड समारोहमा उनलाई उक्त सम्मान प्रदान गरिएको हो। आफ्नो व्यवसायमा उत्कृष्ट योगदान पुर्याउने व्यवसायीलाई सम्मान गर्दै दिइने यो अवार्ड कर्पोरेट म्यागेजिनले हरेक वर्ष एक समारोह आयोजना गरी प्रदान गर्ने गर्दछ।

    कार्यक्रममा चुरिवालका साथ–साथै ईश्वरलाल प्रतिष्ठानका अध्यक्ष प्रदीपलाल श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्षहरु उर्मिला श्रेष्ठ र दीपक मल्होत्रा, नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष सुरेन्द्रवीर मालाकार, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ, कार्यकारिणी सदस्य हेमराज ढकाल, डिस होमका प्रबन्ध निर्देशक सुदीप आचार्यलगायतका प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिति थियो।


    अर्थ चाैतारी
  • आइतबार, ८ साउन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट