logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • सानिमा बैंकमा भिडियो कल मार्फत खाता खाेल्न गर्न सकिने

    सानिमा बैंकमा भिडियो कल मार्फत खाता खाेल्न गर्न सकिने

    1.7K
    SHARES
    सानिमा बैंकमा भिडियो कल मार्फत खाता खाेल्न गर्न सकिने

    काठमाण्डौ । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि भिडियो केवाईसी (भीकेवाईसी) सेवा सुरु गरेको छ । जसअन्तर्गत गैर आवासीय तथा नेपाली मुलुकका व्यक्तिले विदेशबाटै अनलाइन खाता खोलेर भीकेवाईसी गरी आफ्नो खाता सुचारु गर्न सक्नेछन् ।



    यससँगै ग्राहकहरु आफ्नो खाता सुचारु गर्न बैंकसम्म आउनुपर्ने झन्झटबाट मुक्त भएका छन् । भीकेवाईसी सुविधा मार्फत् ग्राहकहरूले सानिमा बैंकको कर्मचारीसंग प्रत्यक्ष रुपमा कुराकानी गरी खाता खोल्दा गर्नुपर्ने अनिवार्य कार्यहरु जस्तै कागजात प्रमाणीकरण, हस्ताक्षर प्रमाणीकरण आदि सरल तरिकाले गर्न सक्नेछन् ।

    ग्राहकहरुले अनलाइन खाता खोल्दा भीकेवाईसी विकल्प रोजी कर्मचारीसंग प्रत्यक्ष रुपमा कुराकानी गर्न चाहेको मिति र समय तय गर्नुपर्ने हुन्छ । प्रमाणीकरण स्वीकृत भएको वा नभएको जानकारी ग्राहकलाई इमेल वा फोन कल मार्फत् गरिनेछ ।

    भीकेवाईसी प्रमाणीकरण प्रक्रियाको स्वीकृत भएपछि ग्राहकले आफ्नोे खातामा रकम जम्मा गर्न तथा खाताबाट वार्षिक १ करोड रुपैयाँसम्म खर्च (डेविट) गर्न सक्नेछन् । सानिमा बैंकको शाखा देशका सातै प्रदेशमा १२७ कार्यालय र १२० वटा एटीएम संचालनमा रहेका छन् ।


    अर्थ चाैतारी
  • सोमबार, ९ साउन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट