काठमाण्डौ । ईन्टरनेट सेवालाई द्रुत गतिमा विस्तार गरिरहेकोमा पछिल्लो समय प्रविधिमा आएको परिवर्तन र ग्राहकहरुको चाहनालाई मध्य नजर गरेर डिश मिडिया नेटवर्कले आई टिभीको सेवा शुभारम्भ गरेको छ। डिशहोम आई टिभीमा प्रदायकको भन्दा गुणस्तरीय र उत्कृष्ट सेवा पाउनेमा कम्पनीले विश्वास लिएको जनाएको छ ।
डिशहोम नेपालको एक मात्र डिटिएच सेवा प्रदायक डिश मिडिया नेटवर्क विगत १२ वर्ष देखि पे टिभी इन्डस्ट्रीमा आफनो वेग्लै पहिचान बनाउन सफल रहेको छ। २०६७ सालमा होमटिभीको नाममा आफ्नो सेवा प्रारम्भ गरेकोमा पछि डिश नेपालसँग मर्जर गरि डिशहोम नाममा आफ्नो सेवा लाई संचालनमा ल्याएको थियो । नेपालका कुनाकाप्चासम्म टेलिभिजन सिग्नल पुर्याएर संचारको क्षेत्रमा एक किसिमको कान्ति नै ल्याएको डिशहोमले ग्राहकहरुलाई उत्कृष्ट विभिन्न च्यानलहरु संगै गुणस्तरीय विक्रि पछिको सेवा पनि प्रदान गर्दै आएको छ ।
पे टिभीमा मात्र आफनो सेवा प्रदान गरिरहेको डिश मिडिया नेटर्वकले आफ्नो व्यवसाय लाई विस्तार संगै अन्य सेवा प्रदायक भन्दा उत्कृष्ट, सर्वसुलभ र गुणस्तरीय सेवा प्रदान गर्नका लागि केवल टिभी, ईन्टरनेट, टेरिस्टिएल (T2) टिभी र आईपी टिभीमा समेत आफ्नो सेवा लाई विस्तार गरेको छ । ग्राहकहरुको मन जित्न सफल ईन्टरनेट सेवा डिशहोम फाईबरनेट, सबै भन्दा वढि सन्तुष्ट ग्राहक र ठुली नेटवर्क रहेको केवल टिभी नेटवर्क सिम टिभी, र तार रहित टेरिस्टिएल (T2) टिभी मार्फत ग्राहकहरु लाई आफ्नो सेवा प्रदान गरिरहेको छ ।
डिटिएच र टेरिस्टिएल (T2) भन्दा फरक प्रविधी ईन्टरनेट पोर्टकल बेस्ड टिभीमा सर्ट टिभी, रमाइलो टिभी, गुज्जन, सिने हिट्स, जुनियर टिभी र नेपाली भाषामा लोकप्रिय कोरीयन सिरिज जस्ता डिशहोमका एक्लुसिभ च्यानलहरु लगायत २०० भन्दा वढि टिभी च्यानलहरु, ५ हजार घण्टा भन्दा वहि विभिन्न कन्टेन्टहरु भिडियो अन डिमाण्ड, क्याचप टिभी/स्टार्ट ओभर टिभी, युटुब , टिकटक, लगायत अन्य विभिन्न एप तथा फिचर्सहरु उपलब्ध रहेकोछ । आईपी P टिभी सेट अप बक्सको वर्गीकरण निम्न रहेको छः
• Amlogic S905X 64bit quad core ARM Cortex A53 CPU
RAM: 1 GB / ROM: 8 GB 100 M RJ 45 Port
• Built in Wi-Fi 2.4 Ghz IEEE 802.11a / b/g/n
• 2.0 USB Slots * 2
• Power Input: 12V/1 Amp
• Quick App Launch Buttons on the Remote
• Video Decoding: 4K2K@ 60fps H.265 • Audio Decoding: MPEG 1/2 / 2.5, AAC-LC / HEAAC
अर्थ चाैतारी ।