logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • एनसेलमा नेपाल बैंकको मोबाइल बैंकिङ चलाउँदा पैसा नलाग्ने

    एनसेलमा नेपाल बैंकको मोबाइल बैंकिङ चलाउँदा पैसा नलाग्ने

    2.5K
    SHARES
    एनसेलमा नेपाल बैंकको मोबाइल बैंकिङ चलाउँदा पैसा नलाग्ने

    काठमाण्डौ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र एनसेल आजियटाबीच नेपाल बैंकका मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुलाई डाटा शुल्क नलाग्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।



    नेपाल बैंक लिमिटेड प्रधान कार्यालय काठमाडौंमा मंगलबार आयोजित एक समारोहमा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र एनसेल आजियटाका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्गले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार नेपाल बैंकमा खाता भएका ग्राहकहलाई एनसेलको सिम प्रयोग गरी नेपाल बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा डाटा निःशुल्क उपलब्ध हुनेछ। नेपाल बैंकले नेपाल टेलिकमको सिम प्रयोग गर्ने ग्राहकहरुलाई यसअघि नै यो सुविधा प्रदान गरिसकेको छ।

    अबदेखि नेपाल टेलिकम र एनसेल दुबैको नेटवर्क मार्फत नेपाल बैंकका ग्राहकहरुले यस बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा कुनै डाटा शुल्क लाग्ने छैन। डिजिटल बैकिङ्गलाई प्रवर्द्धन गरी ग्राहकहरुलाई नगदरहित कारोबारमा अभ्यस्त बनाउने उद्देश्यले यस्तो योजना ल्याएको बैंकले जनाएको छ। कार्यक्रममा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले एनसेलसँग सहकार्य गरी नेपाल बैंकका ग्राहकलाई यस बैंकको मोवाइल बैकिङ्ग एप प्रयोग गर्दा डाटा शुल्क नलाग्ने व्यवस्था भएकोमा खुशि व्यक्त गरे।

    आगामी दिनहरुमा एनसेल आजियटासँगको सम्बन्ध थप मजबुत हुने विश्वास पनि उनले व्यक्त गरे। त्यसैगरी एनसेल आजियटाका प्रबन्धक निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्गले नेपालको पहिलो बैंकसंग व्यवसायीक साझेदारी गर्न पाउदा आफू निकै हर्षित भएको विचार व्यक्त गरे।

    नेपालभर २१९ शाखाहरु, १८३ एटीएम साथै ४७ वटा एक्सटेन्सन काउन्टरमार्फत करिब २२ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ्ग प्रविधिमार्फत बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ। बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्तिमार्फत नेपाल अधिराज्य बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ।


    अर्थ चाैतारी
  • बुधबार, ११ साउन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट