logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • नेप्से परिसूचक २६.२४ अंकले बृद्धि, १० अर्ब १६ करोड बढीकाे काराेबार

    नेप्से परिसूचक २६.२४ अंकले बृद्धि, १० अर्ब १६ करोड बढीकाे काराेबार

    923
    SHARES
    नेप्से परिसूचक २६.२४ अंकले बृद्धि, १० अर्ब १६ करोड बढीकाे काराेबार

    काठमाण्डौ । आज पनि शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक २६ दशलमव २४ अंकले बढेर २,६७९ को विन्दुमा कायम भएको छ । आज १९६ कम्पनीको शेयर मूल्य बढेको छ भने ५२ कम्पनीको शेयर मूल्य घटेको छ ।



     

    आज दिनभरिमा ३११ कम्पनीको २ करोड ३६ लाख ९७ हजार १४५ कित्ता शेयर किनबेच हुँदा १० अर्ब १६ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एचआइडीसीएलको संस्थापक शेयर किनबेच भएको छ । आज यस कम्पनीको ५८ करोड ४९ लाख रुपैयाँ संस्थापक शेयर किनबेच भएको छ । अरुण कावेली पावरको ५३ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको ४६ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै पियोर इनर्जी र श्री इन्भेष्टमेन्ट फाइनान्सका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका हुन् । समृद्धि फाइनान्सका लगानीकर्ताले ७ दशलमव ८५ प्रतिशतका दरले कमाएका छन् । जानकी फाइनान्सका लगानीकर्ताले ६ दशलमव ९४ प्रतिशतका दरले कमाएका छन् ।

     

    आज सबैभन्दा धेरै रावा इनर्जीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशलमव २० प्रतिशतका दरले गुमाएका हुन् ।


    अर्थ चाैतारी
  • मंगलबार, २७ जेष्ठ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट