logo

२०८३ असार २९, सोमबार

logo
  • २०८३ असार २९, सोमबार
  • रियलमीको सबैभन्दा शक्तिशाली एन्ट्री लेभल स्मार्टफोन रियलमी सी३१ नेपालमा

    रियलमीको सबैभन्दा शक्तिशाली एन्ट्री लेभल स्मार्टफोन रियलमी सी३१ नेपालमा

    2.7K
    SHARES
    रियलमीको सबैभन्दा शक्तिशाली एन्ट्री लेभल स्मार्टफोन रियलमी सी३१ नेपालमा

    काठमाण्डौ । विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले अहिलेसम्मकै सर्वाधिक शक्तिशाली एन्ट्री लेभल स्मार्टफोन रियलमी सी३१ लन्च गरेको छ। गत बुधवार ११ गते लन्च गरिएको यस स्मार्टफोनमा ५००० एमएएचको ब्याट्री रहेको छ जुन स्ट्यान्ड–बाइमा ४५ दिनसम्म टिक्छ।



    त्यस्तै यसमा १.८ गिगाहर्जको अक्टाकोर UNISOC T612 प्रोसेसर रहेको छ र उत्कृष्ट फोटोग्राफीका लागि १३ एमपिको क्यामरा रहेको छ। १७ हजार ७९९ रुपैयाँको आकर्षक मूल्यमा ४ जीबी र्याम र ६४ जीबी रोमसहित उपलब्ध यो फोन यो मूल्यमा सबैभन्दा पातलो मोबाइल सेट भएको दाबी गरिएको छ।

    लन्चमा बोल्दै रियलमीका कन्ट्री हेड मुनिश गिरीले भने, ‘यो क्लासकै बेस्ट पफर्मिङ स्मार्ट फोनको रुपमा रियलमी सी३१को लन्च गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौँ। यो एकदमै स्लिक र सबैभन्दा कम्फर्टेबल फोन रहेको छ। यतिमात्र नभएर यो सेट अत्यन्तै स्टाइलिस हुनुका साथै सुपथ मूल्यमा पनि उपलब्ध छ। हामी टप पर्फर्मेन्समा विश्वास गर्छौँ, त्यसैले हाम्रा हरेक स्मार्टफोनहरु कडा क्वालिटी चेकपछि मात्र बजारमा जान्छन्। हाम्रा सम्पूर्ण उपभोक्ताका लागि अभूतपूर्व एन्ट्री–लेभल स्मार्टफोन अनुभव प्रदान गर्नका लागि हामी हाम्रो ‘डेयर टु लिप’ अवधारणामा प्रतिबद्ध छौँ।’


    अर्थ चाैतारी
  • आइतबार, १५ साउन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट