logo

२०८३ असार २९, सोमबार

logo
  • २०८३ असार २९, सोमबार
  • डिशहोमको सेवाहरु अब अनलाइनबाटै रिचार्ज गर्न सकिने

    डिशहोमको सेवाहरु अब अनलाइनबाटै रिचार्ज गर्न सकिने

    3.3K
    SHARES
    डिशहोमको सेवाहरु अब अनलाइनबाटै रिचार्ज गर्न सकिने

    काठमाण्डौ । डिशहोमले प्रदान गर्ने सेवाहरु फाइबरनेट, डीटीएच र फाइबरनेट प्लस डीटीएच कम्बो अब नेपालमा उपलब्ध अनलाइन सेवामार्फत गर्न सकिन्छ।



    अब आइएमई पे, इसेवा, खल्ती र प्रभु पेमार्फत ती सेवाहरु सजिलै अनलाइन रिचार्ज गर्न सकिने डिशहोमले जनाएको छ। रिचार्ज गर्ने क्रममा आफूले लिएको सेवालाई राम्रोसँग बुझेरमात्र रिचार्ज गर्नुपर्ने हुन्छ। जस्तै– डिशहोम डीटीएच सेवामात्र लिइएको छ भने ‘टीभी सेग्मेन्ट’मा गएर ‘डिशहोम’मा क्लिक गरेर रिचार्ज गर्न सकिन्छ।

    त्यस्तै डिशहोम फाइबरनेट मात्र चलाउने ग्राहकले ‘इन्टरनेट सेगमेन्ट’ मा गएर ‘डिशहोम फाइबरनेट’मा क्लिक गरेर रिचार्ज गर्न सक्नेछन्। यसैगरी फाइबरनेट प्लस डीटीएच कम्बो प्याकेज लिएका ग्राहकले पनि ‘टीभी सेग्मेन्ट’मा गएर ‘डीटीएच कम्बो प्याकेज’मा क्लिक गरेर आफ्नो कम्बो प्याकेज रिचार्ज गर्न सक्नेछन्। यदि अनलाइन रिचार्जका क्रममा केही समस्या आएमा ग्राहक केन्द्र ९८०१५४४००० मा सम्पर्क गर्न सकिने डिशहोमले जनाएको छ।


    अर्थ चाैतारी
  • मंगलबार, १७ साउन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट