logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • चालु आर्थिक वर्षमा आइपीओ अनुमति पाउने पहिलो कम्पनी बन्यो सागर डिस्टिलरी

    चालु आर्थिक वर्षमा आइपीओ अनुमति पाउने पहिलो कम्पनी बन्यो सागर डिस्टिलरी

    507
    SHARES
    चालु आर्थिक वर्षमा आइपीओ अनुमति पाउने पहिलो कम्पनी बन्यो सागर डिस्टिलरी

    काठमाण्डौ । चालु आर्थिक वर्ष २०८२/८३ मा साधारण सेयर (आइपीओ) निष्कासनको अनुमति पाउने पहिलो कम्पनी सागर डिस्टिलरी लिमिटेड बनेको छ।



    नेपाल धितोपत्र बोर्डले साउन १२ गते कम्पनीलाई आइपीओ निष्कासनको अनुमति दिएको हो। बोर्डबाट अनुमति पाएपछि कम्पनीले अब १४ करोड ५२ लाख रुपैयाँ बराबरको आइपीओ ल्याउने तयारी गरेको छ।

    यस अनुसार, कम्पनीले १०० रुपैयाँ अंकित दरमा १४ लाख ५२ हजार कित्ता साधारण शेयर सार्वजनिक रुपमा निष्कासन गर्नेछ।

    आइपीओ बिक्रीपछि सागर डिस्टिलरीको चुक्ता पूँजी ७२ करोड ६० लाख रुपैयाँ पुग्नेछ। कम्पनीको आइपीओ बिक्री व्यवस्थापनको जिम्मा मुक्तिनाथ क्यापिटल ले पाएको छ।

    सार्वजनिक निष्कासनको मिति, आवेदन प्रक्रिया तथा बाँडफाँटसम्बन्धी विवरण कम्पनीले चाँडै सार्वजनिक गर्ने बताइएको छ।


    अर्थ चाैतारी
  • सोमबार, १२ साउन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट