काठमाण्डौ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले शिक्षकको बढुवाको आधार तयार पारेको छ। बिहीबार बसेको समितिको बैठकमा तीन प्रकारले शिक्षकको बढुवा गर्ने सहमति भएको हो।
सहमतिअनुसार अब आन्तरिक प्रतिस्पर्धा, जेष्ठता र कार्यसम्पादन तथा कार्यक्षमता मूल्यांकनको आधारमा बढुवा गर्ने सहमति भएको छ। उपसमितिले यसअघि शिक्षकको बढुवाका लागि आन्तरिक प्रतियोगिता र आवधिक बढुवाको व्यवस्था गर्दै प्रतिवेदन बुझाएको थियो।
त्यस्तै विद्यालय शिक्षा विधेयकको पाँच वर्षको कार्यसम्पादन मूल्यांकनको नम्बरमा पनि सहमति जुटेको छ। कार्यसम्पादन मूल्यांकनको नम्बर ९० बाट ८० मा झार्ने सहमत जुटेको हो। त्यस्तै शिक्षक प्रधानाध्यापक नियुक्त भएपछि स्वत: शिक्षक महासंघको सदस्यता निष्क्रिय हुने बुँदा पनि आजको बैठकले पारित गरेको छ।
अर्थ चाैतारी ।