काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै नाफा, आम्दानी र बीमाकोषमा वृद्धि भएको जनाएको छ।
विवरण अनुसार, कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको असार मसान्तमा ६८ करोड ८१ लाख रुपैयाँ रहेकोमा चालु वर्षको असार मसान्तमा ३.६३ प्रतिशतले बढेर ७३ करोड ३१ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, खुद बीमाशुल्क ११.५८ प्रतिशतले वृद्धि भई २ अर्ब ५ करोड रुपैयाँ पुगेको छ।
कुल आम्दानी अघिल्लो वर्षको ३ अर्ब ३ करोड रुपैयाँबाट बढेर ३ अर्ब ९ करोड रुपैयाँ भएको छ भने खर्चतर्फ अघिल्लो वर्षको २ अर्ब १६ करोड रुपैयाँबाट घटेर २ अर्ब ८ करोड रुपैयाँ मात्र भएको छ। अभिकर्ता खर्च पनि ३ करोड ७५ लाख रुपैयाँबाट घटेर ३ करोड ४७ लाख रुपैयाँमा सीमित भएको छ।
कम्पनीको बीमाकोष अघिल्लो वर्षको ४ अर्ब ९५ करोड रुपैयाँबाट १६.०२ प्रतिशतले वृद्धि भई ५ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ। हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड रुपैयाँ, शेयर प्रिमियम ४ लाख रुपैयाँ, रुपेशल रिजर्भ साढे २ अर्ब रुपैयाँ, महाविपत्ति कोष २२ करोड ४३ लाख रुपैयाँ र जगेडा कोष साढे ९५ करोड रुपैयाँ रहेको छ।
प्रतिशेयर आम्दानी (ईपीएस) अघिल्लो वर्षको २४.५२ रुपैयाँबाट बढेर २५.४१ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ २७४.५६ रुपैयाँ कायम भएको कम्पनीले जनाएको छ।
अर्थ चौतारी ।