काठमाण्डौ । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले ६७ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
कम्पनीले कमाएको यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.१५ प्रतिशतले मात्रै बढी हो । अघिल्लो वर्ष कम्पनीले ६७ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
चुक्ता पुँजी ८ अर्ब ७८ करोड रुपैयाँ भएको कम्पनीको रिटेन्ड अर्निङ २ अर्ब ६८ करोड रुपैयाँ रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति २ अर्ब ८४ करोड रुपैयाँ र कुल चालु दायित्व १२ करोड १८ लाख रुपैयाँ रहेको छ ।
कम्पनीले यो अवधिमा १३ करोड ४० लाख वित्त आम्दानी र ३ करोड ४३ लाख अन्य आम्दानी गरेको छ । कम्पनीको प्रत्यक्ष खर्च १३ करोड १७ लाख, रोयल्टी खर्च १३ करोड ४६ लाख, कर्मचारी खर्च ३ करोड १८ लाख, प्रशासनिक खर्च २ करोड ८९ लाख र ह्रासकट्टी खर्च ८ करोड ७६ लाख रहेको छ ।
अन्य वित्तीय सूचकहरू
आम्दानी: समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ८५ करोड ८५ लाख रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्षको ८४ करोड ६३ लाख रुपैयाँभन्दा बढी हो।
चुक्ता पुँजी: कम्पनीको चुक्ता पुँजी ८ अर्ब ७८ करोड रुपैयाँ छ।
रिटेन्ड अर्निङ: रिटेन्ड अर्निङको आकार २ अर्ब ६८ करोड रुपैयाँ रहेको छ।
प्रतिसेयर आम्दानी (EPS): कम्पनीको प्रतिसेयर आम्दानी ७.७४ रुपैयाँ कायम भएको छ।
प्रतिसेयर नेटवर्थ: प्रतिसेयर नेटवर्थ १३०.५९ रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर कुल सम्पत्तिको मूल्य १३५.०९ रुपैयाँ, तरलता अनुपात २३.३२ प्रतिशत र मूल्य आम्दानी अनुपात ६०.७० गुणा कायम भएको छ ।
अर्थ चौतारी ।