logo

२०८३ जेष्ठ १२, मंगलबार

logo
  • २०८३ जेष्ठ १२, मंगलबार
  • नागरिक लगानी कोषको अध्यक्षमा घिमिरे

    नागरिक लगानी कोषको अध्यक्षमा घिमिरे

    832
    SHARES
    नागरिक लगानी कोषको अध्यक्षमा घिमिरे

    काठमाण्डौ । नागरिक लगानी कोष सञ्चालक समितिको अध्यक्षमा तुलसीप्रसाद घिमिरे नियुक्त भएका छन्।



     

    उनलाई २०८२ भदौ ०१ गतेको उपप्रधानमन्त्री तथा अर्थमन्त्रीस्तरको निर्णयअनुसार अध्यक्षमा नियुक्त गरिएको हो। त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमफिल, अर्थशास्त्रमै एमए र एमपीए गरेका घिमिरे नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाशप्राप्त हुन्।

     

    उनले केन्द्रीय बैंकमा सेवा गर्दा सूचना प्रविधि, मानव संसाधन, विदेशी विनिमय, बैंकिङ एवं अनुसन्धानलगायत अन्य विभागमा कार्य गरेका छन्।


    अर्थ चाैतारी
  • मंगलबार, ३ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट