logo

२०८३ असार ४, विहिबार

logo
  • २०८३ असार ४, विहिबार
  • वाणिज्य बैंकको नाफा साढे ८ प्रतिशत घट्यो, सर्वाधिक नाफा कमाउनेमा ग्लोबल आइएमई 

    वाणिज्य बैंकको नाफा साढे ८ प्रतिशत घट्यो, सर्वाधिक नाफा कमाउनेमा ग्लोबल आइएमई 

    1.3K
    SHARES
    वाणिज्य बैंकको नाफा साढे ८ प्रतिशत घट्यो, सर्वाधिक नाफा कमाउनेमा ग्लोबल आइएमई 

    काठमाण्डौ । चालु आर्थिक वर्ष २०८२/८३ को साउन महिनामा वाणिज्य बैंकहरूको नाफा अघिल्लो वर्षको तुलनामा ८.६४ प्रतिशतले घटेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकले साउनमा जम्मा ८ अर्ब ३८ करोड २९ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। गत वर्षको सोही महिनामा बैंकहरूले ९ अर्ब १७ करोड ६१ लाख रुपैयाँ नाफा कमाएका थिए।



     

    तथ्यांकअनुसार ग्लोबल आइएमई बैंक ७८ करोड ४५ लाख रुपैयाँ नाफासहित सर्वाधिक नाफा कमाउने बैंक बनेको छ। तर अघिल्लो वर्षको तुलनामा यसको नाफा १२.०९ प्रतिशतले घटेको छ।

     

    दोस्रो स्थानमा नबिल बैंक छ, जसले साउनमा ७१ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो अघिल्लो वर्षको तुलनामा १०.८३ प्रतिशतले कम हो।

     

    नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले भने वृद्धि दर देखाएको छ। यस बैंकले ६३ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ९.८१ प्रतिशतले बढी हो।

     

    नेपाल बैंकको नाफा साउनमा ५५ करोड २७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको २२ करोड ३९ लाख रुपैयाँको तुलनामा यसले १४६.७६ प्रतिशतले वृद्धि देखाएको हो।

     

    यस अवधिमा सबैभन्दा कम नाफा कमाउनेमा कृषि विकास बैंक रहेको छ। बैंकले साउनमा ३७ लाख ५० हजार रुपैयाँ मात्र नाफा आर्जन गरेको छ। गत वर्ष सोही महिनामा यसले ७१ करोड २० लाख रुपैयाँ नाफा कमाएको थियो, जसअनुसार यसपटक नाफा ९९.४७ प्रतिशतले घटेको छ।

     


    अर्थ चौतारी
  • बुधबार, १ असोज २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट