logo

२०८३ असार ४, विहिबार

logo
  • २०८३ असार ४, विहिबार
  • शेयर बजारमा भारी गिरावट, कारोबार रकम ४ अर्ब ६२ करोड

    शेयर बजारमा भारी गिरावट, कारोबार रकम ४ अर्ब ६२ करोड

    1.4K
    SHARES
    शेयर बजारमा भारी गिरावट, कारोबार रकम ४ अर्ब ६२ करोड

    काठमाण्डौ । आज दशैं बिदापछिको पहिलो शेयर कारोबार भारी अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ५८ दशमलव ५५ अंकले घटेर २,६०४ को विन्दूमा कायम भएको छ । आज जम्मा १६ वटा कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने २३५ कम्पनीको शेयर मूल्य घटेको छ ।



    आज दिनभरिमा ३२६ कम्पनीको १ करोड ३ लाख कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६२ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै युनियन हाइड्रोपावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २८ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको १९ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको १२ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

     

    आज सबैभन्द धेरै सेञ्चुरी डिबेञ्चर २०८८ का इकाईधनीले कमाएका छन् । आज यसका इकाईधनीले १० प्रतिशतका दरले कमाएका छन् । एनआइसी एशिया ऋणपत्र २०८८ का इकाईधनीले ९ दशमलब ११ प्रतिशतका दरले कमाएका छन् । सिक्लेस हाइड्रोपावरका लगानीकर्ताले ७ दशमलव ७२ प्रतिशतका दरले कमाएका छन् ।

    आज सबैभन्दा धेरै भुगोल इनर्जीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले गुमाएका हुन् ।


    अर्थ चौतारी
  • मंगलबार, २१ असोज २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट