logo

२०८३ असार ४, विहिबार

logo
  • २०८३ असार ४, विहिबार
  • सानिमा बैंकको लाभांश पाउन असोज २६ भित्र शेयर किनिसक्नुपर्छ

    सानिमा बैंकको लाभांश पाउन असोज २६ भित्र शेयर किनिसक्नुपर्छ

    1.2K
    SHARES
    सानिमा बैंकको लाभांश पाउन असोज २६ भित्र शेयर किनिसक्नुपर्छ

    काठमाण्डौ । सानिमा बैंकले लाभांश वितरण र वार्षिक साधारणसभा प्रयोजनका लागि असोज २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार, असोज २६ गतेसम्म शेयर किन्ने लगानीकर्तामात्रै बैंकको लाभांश प्राप्त गर्न र वार्षिक साधारणसभामा भाग लिन योग्य हुनेछन्।



    बैंकले वार्षिक साधारणसभा कात्तिक २ गते बिहान १० बजे काठमाडौंको भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा आयोजना गर्ने भएको छ। सभाले गत आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित लाभांश पारित गर्नेछ।

    बैंकले सञ्चित मुनाफाबाट ७.३६८५ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। साथै, सभामा २ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार शेयर (८.२५ प्रतिशत वार्षिक प्रतिफलसहित) जारी गर्ने प्रस्ताव पनि अनुमोदन हुनेछ।

    त्यस्तै, बैंकले आफ्नो अधिकृत पुँजी २० अर्बबाट बढाएर २२ अर्ब रुपैयाँ पुर्‍याउने र सोअनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभामा पेश गर्नेछ।

    सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्ने, चालु वर्षका लागि नयाँ लेखापरीक्षक नियुक्त गर्ने तथा संस्थापक समूहबाट तीन जना सञ्चालकको निर्वाचन पनि गर्नेछ।


    अर्थ चौतारी
  • मंगलबार, २१ असोज २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट