logo

२०८३ असार ४, विहिबार

logo
  • २०८३ असार ४, विहिबार
  • बालेनले भने– सिंहदरबार जलाएको आरोप झुटो, देशलाई साँचो कुराको खाँचो छ

    बालेनले भने– सिंहदरबार जलाएको आरोप झुटो, देशलाई साँचो कुराको खाँचो छ

    1.6K
    SHARES
    बालेनले भने– सिंहदरबार जलाएको आरोप झुटो, देशलाई साँचो कुराको खाँचो छ

    काठमाण्डौ । काठमाण्डौ महानगरका मेयर बालेन शाहले सिंहदरबार जलाएको भन्ने आरोपलाई असत्य र राजनीतिक रूपमा प्रेरित भन्दै खण्डन गरेका छन्।



     

    हालै सामाजिक सञ्जालमा “सिंहदरबार जलाउने बालेन शाह हुन्” भन्ने आरोपहरू फैलिरहेका बेला उनले विस्तृत स्पष्टीकरण सार्वजनिक गर्दै भने, “सत्य बुझौँ, अफवाह फैलाउने काम नगरी सबै मिलेर सुरक्षित, सचेत र मानवता प्रधान समाज बनाऔँ। देशलाई अहिले एकता र साँचो कुराको खाँचो छ, हल्ला र झुटको होइन।”

     

    बालेनका अनुसार भदौ २४ गतेको घटनामा देशभर अराजक अवस्था सिर्जना भएको थियो, सुरक्षा संयन्त्र निष्क्रिय थियो र काठमाडौं महानगरको दमकल टोलीले ज्यानको जोखिम मोल्दै निरन्तर उद्धार तथा आगो निभाउने कार्य गरिरहेको थियो।

     

     

    उनले भने, “सिंहदरबार जलेको लगत्तै दमकल पठाउने प्रयास भए पनि आन्दोलनकारीको अवरोधका कारण तत्काल पुग्न सकेन। नेपाली सेनाको दमकल सिंहदरबारभित्रै हुँदाहुँदै पनि हुलका कारण काम गर्न नसकेको अवस्था थियो। जब भिड केही शान्त भयो, त्यसपछि साँझ ८:१५ भित्रै हाम्रो दमकल त्यहाँ पुगेको थियो।”

     

    बालेनले काठमाडौं महानगरका पाँचवटै दमकल टोली निरन्तर विभिन्न स्थानमा आगो निभाउने, घाइतेहरूको उपचार, रगत तथा औषधि व्यवस्थापन, मृतकको लास व्यवस्थापन र अस्पतालसँगको समन्वयमा खटिएको बताएका छन्।

     

    उनले भनेका छन्, “हामी कुनै आरोपबाट भाग्दैनौं, जिम्मेवारीबाट त अझ होइन। महानगरको टिमले देश संकटमा परेका बेला पनि आफ्नो कर्तव्य पूरा गरेको छ।”

     

    मेयर शाहले गलत तथ्य र अफवाह फैलाउनेहरूप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गर्दै मिडियालाई पनि तथ्यमा आधारित समाचार मात्र प्रकाशित गर्न अनुरोध गरेका छन्।

     

    अन्त्यमा उनले भने, “हामी जिउज्यानको जोखिम मोल्दै जनताको सेवामा खटिएका थियौं। जसको चाहना छैन, तर प्रयासको सम्मान चाहिन्छ। देशलाई आज साँचो कुरा, एकता र आपसी विश्वासको खाँचो छ।”


    अर्थ चौतारी
  • मंगलबार, २१ असोज २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट