काठमाण्डौ । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले गत भदौ ३ देखि असोज ५ गतेसम्म निष्कासन गरेको हकप्रद शेयरको बाँडफाँड सम्पन्न गरेको छ।
कम्पनीले असार २६ गतेसम्म कायम रहेका शेयरधनीहरूका लागि १ कित्ता बराबर १ कित्ताको अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरले कुल ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो।
निष्कासन अवधिभर रीतपूर्वक आवेदन दिएका शेयरधनीहरूलाई ४१ लाख ९७ हजार ७९४ कित्ता हकप्रद शेयर असोज २१ गते बाँडफाँड गरिएको हो।
बाँडफाँडपछि बाँकी रहेका ४ लाख ५९ हजार ३४९ कित्ता अवितरित हकप्रद शेयरहरू लिलामी (बढाबढ) प्रक्रिया मार्फत बिक्रीमा आउने कम्पनीले जनाएको छ।
यस हकप्रद निष्कासन र बिक्री व्यवस्थापनको जिम्मेवारी सिटिजन्स क्यापिटल लिमिटेडले वहन गरेको हो।
अर्थ चौतारी ।