logo

२०८३ असार ४, विहिबार

logo
  • २०८३ असार ४, विहिबार
  • हमासको कब्जामा रहेका विपिनको नयाँ तस्बिर सार्वजनिक

    हमासको कब्जामा रहेका विपिनको नयाँ तस्बिर सार्वजनिक

    1.3K
    SHARES
    हमासको कब्जामा रहेका विपिनको नयाँ तस्बिर सार्वजनिक

    काठमाण्डौ । हमास समूहले दुई वर्षदेखि बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको एउटा नयाँ तस्बिर सार्वजनिक भएको छ। इजरायली सञ्चारमाध्यमहरूका अनुसार यो तस्बिर इजरायली रक्षा बल ।आडिएफ० ले फेला पारेको एक भिडियो क्लिपबाट लिइएको हो।



     

    इजरायलस्थित ‘द होस्टेजेज फ्यामिलिज फोरम हेडक्वार्टर्स’ तथा विभिन्न इजरायली सञ्चार संस्थाले जनाएअनुसार उक्त तस्बिर नोभेम्बर २०२३ मा खिचिएको भिडियोबाट निकालिएको हो। यद्यपि, भिडियो भने सार्वजनिक गरिएको छैन। तस्बिरमा अपहरणमा परेको करिब एक महिनापछिको उनको अवस्था देख्न सकिन्छ।

     

    यसअघि अपहरणकै दिन शिफा अस्पतालको एक सुरक्षा क्यामेरा फुटेजमा उनलाई देखिएको थियो। सोपछि उनको कुनै तस्बिर बाहिर आएको थिएन। नयाँ तस्बिर सार्वजनिक भएसँगै लामो समयदेखि उनको अवस्थाबारे चिन्तित परिवार र शुभचिन्तकमा उनी जीवितै हुनसक्ने आशा पलाएको छ।

    कञ्चनपुरका विपिन जोशी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषि अध्ययनका लागि इजरायल गएका थिए। ७ अक्टोबर २०२३ मा हमासले किबुत्ज अलुमिममा आक्रमण गर्दा उनलाई बन्धक बनाइएको थियो।आक्रमणका क्रममा विपिनले हमासका लडाकुले फालेको ग्रेनेड बाहिर फालेर अरूको ज्यान बचाएको विवरणहरू समेत सार्वजनिक भएका थिए।


    अर्थ चौतारी
  • बुधबार, २२ असोज २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट