logo

२०८३ असार ४, विहिबार

logo
  • २०८३ असार ४, विहिबार
  • अर्ना बियरद्वारा टि–२० विश्वकपका लागि १ करोड २ लाख सहयोग

    अर्ना बियरद्वारा टि–२० विश्वकपका लागि १ करोड २ लाख सहयोग

    1.4K
    SHARES
    अर्ना बियरद्वारा टि–२० विश्वकपका लागि १ करोड २ लाख सहयोग

    काठमाण्डौ । आगामी टि–२० विश्वकपमा छनोट हुन सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई अर्ना बियरले १ करोड २ लाख रुपैयाँ सहयोग गर्ने भएको छ।



     

    अर्ना बियरले छनोट प्रतियोगिता सुरु हुनु अघि नै नेपाल विश्वकपमा पुगेमा सहयोग गर्ने घोषणा गरेको थियो। नेपालले ऐतिहासिक रूपमा विश्वकपको टिकट काटेसँगै कम्पनीले आफ्नो प्रतिबद्धता पूरा गर्ने घोषणा गरेको हो।

     

    कम्पनीले कुल १ करोड २ लाख रुपैयाँ सहयोग गर्ने जनाएको छ, जसअन्तर्गत ५१ लाख रुपैयाँ राष्ट्रिय टोलीका खेलाडीहरूका लागि र ५१ लाख रुपैयाँ नेपाल क्रिकेट संघ (क्यान) लाई यति ब्रुअरीको सीएसआर कोषमार्फत प्रदान गरिनेछ।

     

    अर्ना बियरका अनुसार यो सहयोगले टिम नेपालप्रति कम्पनीको माया, सम्मान र दीर्घकालीन प्रतिबद्धता प्रकट गर्छ। साथै, यसले नेपाली क्रिकेटको पूर्वाधार विकासमा समेत योगदान पुर्‍याउने विश्वास कम्पनीले व्यक्त गरेको छ।

     

     

    कम्पनीले जानकारी अनुसार उक्त सहयोग रकम टीम नेपाल विश्वकपका लागि प्रस्थान गरेपछि विशेष सम्मान कार्यक्रममार्फत टीम नेपालका खेलाडीहरू र क्यानलाई हस्तान्तरण गरिने छ।


    अर्थ चौतारी
  • विहिबार, ३० असोज २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट