काठमाण्डौ । महोत्तरीको उपभोक्ता समितिको खाताबाट रकम निकालेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश सांसदसहित १६ जना विरुद्ध मुद्दा दर्ता गरेको छ।
अख्तियारका अनुसार, मधेश प्रदेश सभा सदस्य सरोज कुमार सिंह (महोत्तरी–४(ख)) ले उपभोक्ता समितिको रकम आफ्नो स्वकीय सचिव बिनोद कुमार लाल कायस्थ मार्फत निकालेर श्रीमतीको खातामा हाल्ने गरेको पाइएको छ।
सांसद सिंहले यस प्रक्रियामा स्वकीय सचिवलाई समेत घुस दिने गरेको आरोप अख्तियारले मुद्दा दर्तामा उल्लेख गरेको छ। यसरी उनीले विभिन्न उपभोक्ता समितिको रकम हिनामिनामा संलग्न रहेकाले कुल ३८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी मुद्दा दर्ता गरिएको हो।
यसअघि स्वकीय सचिवलाई अख्तियारले पक्राउ गरेपछि सांसद सिंह काठमाडौं आएका थिए। उनलाई पनि अख्तियारले काठमाडौंमै पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
अर्थ चौतारी ।