काठमाण्डौ । अनलाइन बस तथा हवाइ टिकट बुकिङ प्लेटफर्म बससेवाले तिहार र छठ पर्वलाई लक्षित गर्दै विशेष अभियान सुरु गरेको छ। अभियानअन्तर्गत, बससेवाबाट टिकट काट्ने यात्रुहरूमध्ये ३० जनालाई चाँदीको बिस्कुट र दुई जनालाई भिभो कम्पनीको मोबाइल फोन प्रदान गरिनेछ। अभियान २९ भदौदेखि १४ कार्तिकसम्म सञ्चालन हुनेछ।
बससेवाले यसअघि दसैंको अवसरमा पनि ‘बस टिकट काट्दा खसी उपहार’ कार्यक्रम अन्तर्गत पाँच यात्रुलाई खसी वितरण गरेको थियो। मंगलबार (२८ असोज) बससेवाको कार्यालयमा आयोजित ‘लक्की ड्र’मार्फत काठमाडौं–अर्घखाँचीका कमल भट्टराई, काठमाडौं–प्यूठानका लिलाधर भट्टराई, वालिङ–काठमाडौंका महेश्वर पौडेल, काठमाडौं–पोखराका आश्विन ढकाल र काठमाडौं–बेलहियाका नवीन रिजालले खसी जितेका थिए।
यस्तै, उपहार कार्यक्रम अन्तर्गत ५० यात्रुले दुई हजार रुपैयाँ बराबरको लत्ताकपडा कुपन पाए भने १०० यात्रुले फ्रि–टिकट जितेका छन्। विजेताहरूको नाम बससेवाको वेबसाइट, मोबाइल एप र आधिकारिक Facebook Page मा हेर्न सकिन्छ।
बससेवाबाट बस, हवाइ उडान र होटल रुम बुकिङ सबै एउटै एपमार्फत सजिलै गर्न सकिन्छ। कम्पनीका अनुसार हरेक दिन राति १० बजेसम्म ग्राहक सहायता उपलब्ध रहन्छ भने सबै सेवामा क्यासब्याक र प्रोमो कोड जस्ता आकर्षक अफरहरू पनि पाइन्छ।
अर्थ चौतारी ।