logo

२०८३ असार ४, विहिबार

logo
  • २०८३ असार ४, विहिबार
  • सुदूरपश्चिम रोयल्सको इन्स्योरेन्स पार्टनरमा ‘सगरमाथा लुम्बिनी’ नियुक्त

    सुदूरपश्चिम रोयल्सको इन्स्योरेन्स पार्टनरमा ‘सगरमाथा लुम्बिनी’ नियुक्त

    1.5K
    SHARES
    सुदूरपश्चिम रोयल्सको इन्स्योरेन्स पार्टनरमा ‘सगरमाथा लुम्बिनी’ नियुक्त

    काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ का लागि सुदूरपश्चिम रोयल्सले आफ्नो इन्स्योरेन्स पार्टनरको रुपमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सलाई नियुक्त गरेको छ।



     

    सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री र सुदूरपश्चिम रोयल्सका सीईओ प्रकाश खड्काले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौता अनुसार कम्पनीले एनपीएल सिजन–२ अवधिभर सुदूरपश्चिम रोयल्सलाई बीमा सेवा उपलब्ध गराउनेछ।

     

    सुदूरपश्चिम रोयल्स एनपीएलको प्रमुख टोलीमध्ये एक हो। टोलीका मार्की प्लेयर तथा कप्तान दिपेन्द्र सिंह ऐरी हाल नेपाल पुरुष टोलीका उपकप्तान पनि रहेका छन्।


    अर्थ चौतारी
  • विहिबार, ३० असोज २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट