logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • श्रीनगर एग्रीटेकको आईपीओमा ६.६४ गुणा बढी आवेदन

    श्रीनगर एग्रीटेकको आईपीओमा ६.६४ गुणा बढी आवेदन

    1.3K
    SHARES
    श्रीनगर एग्रीटेकको आईपीओमा ६.६४ गुणा बढी आवेदन

    काठमाण्डौ । श्रीनगर एग्रीटेक इन्डस्ट्रीज लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा मागभन्दा ६.६४ गुणा बढी आवेदन परेको छ। कम्पनीले असोज २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणलाई २५ लाख १० हजार ४९३ कित्ता शेयर निष्कासन गरेको थियो।



     

    नेपाल स्टक एक्सचेञ्जका अनुसार, आवेदन दिने अन्तिम दिनसम्म १९ लाख ४२ हजार ६८२ जना लगानीकर्ताले २ करोड १७ लाख २ हजार ८० कित्ता शेयरका लागि आवेदन दिएका छन्।

     

    मागभन्दा बढी आवेदन परेकाले कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिनेछ।

    श्रीनगर एग्रीटेकले यसअघि आयोजना प्रभावित स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई शेयर बिक्री गरी बाँडफाँड गरिसकेको छ। कम्पनी कुखुराको चल्ला र अण्डा उत्पादनसँगै पशु–दाना उत्पादन र कृषकलाई प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ। साथै, किसानले उत्पादन गरेका सामग्रीहरू खरिद गरी बजारसम्म पु-याउने काम पनि गर्दै आएको कम्पनीले जनाएको छ।

     

    कम्पनीका प्रमुख शेयरधनीहरूमा सतिश चन्द्र श्रेष्ठ, चन्द्र पंकज डेभलपर्स प्रालि र मौसमी श्रेष्ठ रहेका छन्।


    अर्थ चौतारी
  • विहिबार, ३० असोज २०८२
  • सम्बन्धित समाचार