logo

२०८३ असार ४, विहिबार

logo
  • २०८३ असार ४, विहिबार
  • विपिनको शव काठमाण्डौ ल्याइयो, विमानस्थलमै प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जली

    विपिनको शव काठमाण्डौ ल्याइयो, विमानस्थलमै प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जली

    1.7K
    SHARES
    विपिनको शव काठमाण्डौ ल्याइयो, विमानस्थलमै प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जली

    काठमाण्डौ । गाजामा मारिएका नेपाली युवा विपिन जोशीको शव काठमाडौं ल्याइएको छ । त्रिभुवन विमानस्थलमै उनीप्रति श्रद्धाञ्जली दिइएको छ ।



    जोशीको पार्थिव शरीरमा श्रद्धाञ्जली दिन प्रधानमन्त्री सुशीला कार्कीसहितका उच्च पदस्थहरू विमानस्थल पुगेका थिए । विपिनको शव आजै कञ्चनपुरस्थित उनको घरमा लगिने छ ।

    कञ्चनपुरमै उनको अन्तिम संस्कार गरिने छ । अध्ययनको सिलसिलामा इजरायल पुगेका जोशी हमासको अपहरणमा परेका थिए । अपहरणमै रहेका बेला उनको हत्या भएको थियो ।

    हमासले इजरायलको आक्रमणमा विपिन मारिएको बताएको छ भने इजरायलले हमास लडाकुले विपिनको हत्या गरेको दाबी गरेको छ ।


    अर्थ चौतारी
  • सोमबार, ३ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट