logo

२०८२ कात्तिक ११, मंगलबार

logo
  • २०८२ कात्तिक ११, मंगलबार
  • गोर्खाज फाइनान्सका अध्यक्ष बुढाथोकीले दिए राजीनामा, नयाँ अध्यक्षमा कल्पना खापुङ

    गोर्खाज फाइनान्सका अध्यक्ष बुढाथोकीले दिए राजीनामा, नयाँ अध्यक्षमा कल्पना खापुङ

    221
    SHARES
    गोर्खाज फाइनान्सका अध्यक्ष बुढाथोकीले दिए राजीनामा, नयाँ अध्यक्षमा कल्पना खापुङ

    काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडको अध्यक्षमा कल्पना खापुङ नियुक्त भएकी छिन्। कात्तिक ११ गते बसेको सञ्चालक समिति बैठकले खापुङलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको कम्पनी सचिव यान सिं राईले जानकारी दिए।

     

    फाइनान्सका तत्कालीन अध्यक्ष गौरव बुढाथोकीले व्यक्तिगत कारण देखाउँदै कात्तिक ९ गते अध्यक्ष र सञ्चालक दुवै पदबाट राजीनामा दिएका थिए। उक्त राजीनामा कात्तिक ११ गतेको बैठकले स्वीकृत गरेको हो।

     

    खापुङ फाइनान्सकी संस्थापक सेयरधनीसमेत हुन्। उनले यसअघि नेपाल राष्ट्र बैंकमा कार्यरत रही अवकाश प्राप्त गरेकी थिइन्। साथै, उनी विभिन्न वित्तीय तथा सामाजिक संघसंस्थामा पनि आवद्ध रहेको जनाइएको छ।


    अर्थ चाैतारी
  • २०८२ कात्तिक ११, मंगलबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट