logo

२०८३ असार ४, विहिबार

logo
  • २०८३ असार ४, विहिबार
  • नेपालको नम्बर १ प्रिमियम इलेक्ट्रिक स्कुटर एथर अब वीरगञ्जमा

    नेपालको नम्बर १ प्रिमियम इलेक्ट्रिक स्कुटर एथर अब वीरगञ्जमा

    312
    SHARES
    नेपालको नम्बर १ प्रिमियम इलेक्ट्रिक स्कुटर एथर अब वीरगञ्जमा

    वीरगञ्ज । नेपालको अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड एथर नेपाल (Ather Nepal) ले आफ्नो नयाँ ‘एथर एक्सपिरियन्स सेन्टर’ वीरगञ्जमा सञ्चालनमा ल्याएको छ। यससँगै एथरले देशभर दिगो तथा स्मार्ट विद्युतीय यातायातको पहुँच विस्तार गर्ने आफ्नो अभियानलाई थप मजबुत बनाएको हो। वीरगञ्जको आदर्शनगरस्थित नयाँ एक्सपिरियन्स सेन्टर गेटवे मोटर्स प्रा. लि. को व्यवस्थापनमा सञ्चालनमा आएको हो। यस नयाँ केन्द्रले मधेश प्रदेशका ग्राहकहरूलाई एथरका आधुनिक, प्रविधिमैत्री तथा उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक स्कुटरहरू अझ सहज रूपमा उपलब्ध गराउने विश्वास लिइएको छ।



    वीरगञ्जमा नयाँ केन्द्र सञ्चालनमा आएसँगै एथर नेपालको देशव्यापी एक्सपिरियन्स सेन्टरहरूको संख्या १२ पुगेको छ। यसअघि काठमाडौं उपत्यकामा ५ केन्द्रसहित पोखरा, चितवन, इटहरी, बुटवल, जनकपुर र बिर्तामोडमा एथरका शोरुमहरू सञ्चालनमा आइसकेका छन्। ग्राहकहरूलाई उत्कृष्ट बिक्रीपछिको सेवा प्रदान गर्न एथर नेपालले देशभर १० वटा अधिकृत सर्भिस सेन्टरहरूको सञ्जाल पनि विस्तार गरिसकेको छ। एथरले आफ्ना ग्राहकहरूलाई उद्योगकै उत्कृष्ट सुविधामध्ये एक मानिने ८ वर्षसम्मको विस्तारित ब्याट्री वारेन्टी प्रदान गर्दै आएको छ, जसले दीर्घकालीन विश्वसनीयता र आत्मविश्वास सुनिश्चित गर्दछ।

    नयाँ वीरगञ्ज एक्सपिरियन्स सेन्टरमा एथरको सम्पूर्ण स्कुटर दायरा उपलब्ध हुनेछ, जसमा प्रदर्शन केन्द्रित ‘एथर ४५० सिरिज’ तथा परिवारमैत्री ‘एथर रिज्टा’ समावेश छन्।

    एथर ४५० सिरिज (Ather 450 Series):
    यो सिरिज ती ग्राहकहरूका लागि डिजाइन गरिएको हो, जो उत्कृष्ट प्रदर्शन, स्मार्ट प्रविधि र रोमाञ्चक राइडिङ अनुभव खोजिरहेका छन्। यसमा गुगल म्याप्स (Google Maps) आधारित नेभिगेसन, अटोहोल्ड, फल सेफ, रिभर्स मोड, विभिन्न राइड मोडहरू तथा रेस्पोन्सिभ टचस्क्रिन ड्यासबोर्ड जस्ता अत्याधुनिक सुविधाहरू उपलब्ध छन्।

    एथर रिज्टा (Ather Rizta):
    यो आधुनिक परिवार र दैनिक प्रयोगलाई ध्यानमा राखेर डिजाइन गरिएको स्कुटर हो। यसमा फराकिलो सिट, ठूलो अन्डर-सिट स्टोरेज, ट्र्याक्सन कन्ट्रोल, टो एन्ड थेफ्ट अलर्ट, ड्यासबोर्डमा ह्वाट्सएप नोटिफिकेसन तथा आरामदायी बडी पोस्चर जस्ता सुविधाहरू समावेश छन्।

    वीरगञ्ज एक्सपिरियन्स सेन्टरमा ग्राहकहरूले एथरका सम्पूर्ण इलेक्ट्रिक स्कुटरहरू अवलोकन गर्न, प्रत्यक्ष उत्पादन प्रदर्शन अनुभव गर्न, टेस्ट राइड लिन तथा आकर्षक फाइनान्सिङ र एक्सचेन्ज योजनाबारे जानकारी प्राप्त गर्न सक्नेछन्। नेपालमा विद्युतीय सवारीसाधनको पूर्वाधार सुदृढ बनाउन एथर नेपालले आफ्नो ‘एथर ग्रिड’ फास्ट चार्जिङ नेटवर्कलाई पनि तीव्र रूपमा विस्तार गरिरहेको छ। हाल देशका प्रमुख सहर तथा राजमार्गहरूमा ४० भन्दा बढी एथर ग्रिड चार्जिङ प्वाइन्टहरू सञ्चालनमा छन्।

    विशेष ओपनिङ अफर:
    एथर नेपालले नयाँ एक्सपिरियन्स सेन्टर उद्घाटनको अवसरमा असार १२, २०८३ सम्मका लागि विशेष सीमित अवधिको अफर सार्वजनिक गरेको छ। यस अन्तर्गत विस्तारित ब्याट्री वारेन्टी, ०% ब्याजदरसम्मको आकर्षक फाइनान्सिङ सुविधा र एक्सचेन्ज गर्दा रु. ८,००० सम्म अतिरिक्त मूल्याङ्कन लाभ जस्ता सुविधाहरू उपलब्ध हुनेछन्। नेपालका लागि एथर एनर्जीको आधिकारिक तथा एकमात्र वितरक वैद्य इनर्जी प्रा. लि. रहेको छ। कम्पनी स्वच्छ, दिगो तथा भविष्य उन्मुख यातायात प्रणाली निर्माण गर्ने उद्देश्यसहित देशभर एभ Ecosystem निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।


    अर्थ चाैतारी
  • विहिबार, ४ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट