काठमाण्डौ । स्टयान्डर्ड चार्टर्ड बैंककाे नाफामा गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्षको प्रथम त्रैमासमा बैंककाे नाफा १९.७२ प्रतिशले घटेको छ । गत आवको सोही अवधिमा ८६ करोड २२ लाख रुपैयाँ नाफा कमाएको बैंकले समीक्षा अवधिमा बैंकले ६९ करोड २१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
समिक्षा अवधिमा बैकको खुद ब्याज आम्दानी गत आवको तुलनामा ८.३६ प्रतिशतले घटेर १ अर्ब ७ करोड २४ लाख रुपैयाँ रहेको छ । यस्तै यस अवधिमा कैंकाे सञ्चालन नाफामा पनि गिरावट आएकाे छ । असाेज मसान्तसम्म बैंककाे सञ्चालन मुनाफा १९.६८ प्रतिशतले घटेर ९८ करोड ९३ लाखमा झरेको छ ।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा दुई अर्ब ४१ करोड १० लाख रुपैयाँ रहेको छ । बैंकको लाभांश दिन सक्ने क्षमता ३६.४० रुपैयाँ रहेको छ । यता बैंककाे खराब कर्जा दर भने केहि घटेकाे छ । गत आवको सोही अवधिमा १.९५ प्रतिशत रहेको बैंकको खराब कर्जा चालु असोज मसान्तसम्म १.७१ प्रतिशत रहेको छ ।
यस्तै बैंकको प्रयिशेयर आम्दानी २७.५७ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ ६१३ रुपैयाँ रहेको छ । १० अर्ब ४ करोड २३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकले एक खर्ब २९ अर्ब ६२ करोड ७२ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । यस अवधिमा बैंक ७० अर्ब ११ करोड ७९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
अर्थ चौतारी ।