logo

२०८३ जेष्ठ ११, सोमबार

logo
  • २०८३ जेष्ठ ११, सोमबार
  • राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा करिब ३ अर्ब लगानी गर्ने

    राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा करिब ३ अर्ब लगानी गर्ने

    936
    SHARES
    राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा करिब ३ अर्ब लगानी गर्ने

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा करिब पौने ३ अर्ब रुपैयाँ लगानी गर्ने तयारी गरेको छ।



     

     

    केन्द्रीय बैंकको विभिन्न कोषमा रहेको २ अर्ब ७१ करोड ८५ लाख रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो। यसका लागि राष्ट्र बैंकले बैंकहरुलाई कात्तिक २३ गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव गर्न आह्वान गरेको छ।

     

     

    राष्ट्र बैंकले कुल रकममध्ये २ अर्ब १७ करोड ४९ लाख रुपैयाँ वाणिज्य बैंकमा, ४० करोड ७७ लाख रुपैयाँ राष्ट्रियस्तरका विकास बैंकमा र १३ करोड ५९ लाख रुपैयाँ राष्ट्रियस्तरका वित्त कम्पनीमा लगानी गर्नेछ। यो लगानी २०२५ नोभेम्बर २३ देखि २०२६ नोभेम्बर २३ सम्म ३६६ दिनका लागि हुनेछ।


    अर्थ चौतारी
  • शुक्रबार, २१ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट