logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • आइएमई लिमिटेडको २५औं वार्षिक साधारणसभा सम्पन्न

    आइएमई लिमिटेडको २५औं वार्षिक साधारणसभा सम्पन्न

    1.6K
    SHARES
    आइएमई लिमिटेडको २५औं वार्षिक साधारणसभा सम्पन्न

    काठमाण्डौ । आइएमई लिमिटेडको २५औं वार्षिक साधारणसभा मंगलबार काठमाडौंमा सम्पन्न भएको छ। कम्पनीका संस्थापक तथा अध्यक्ष हेमराज ढकालको अध्यक्षतामा सम्पन्न सभामा वार्षिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरिएको छ।



    सभामा अध्यक्ष ढकालले आइएमईलाई रेमिटेन्स सेवा क्षेत्रमा अग्रणी र सर्वाधिक लोकप्रिय ब्रान्डको रूपमा स्थापित गर्न योगदान पुर्‍याउने सबैमा धन्यवाद ज्ञापन गर्दै, आगामी वर्षहरूमा व्यवसायिक दायरा विस्तार र प्रविधि–मुखी रणनीतिका साथ अघि बढ्ने प्रतिबद्धता जनाए।

     

    उनका अनुसार, कम्पनीले प्रविधिको अधिकतम प्रयोगमार्फत रेमिटेन्स सेवाको विस्तार र विविधीकरण गर्दै ‘कम्प्लिट फाइनान्सियल सोलुसन’ प्रदान गर्ने लक्ष्य लिएको छ।

     

    सभामा संस्थापक अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमईको २५ वर्षे यात्राले नागरिक जीवनस्तर सुधार र उद्यमशीलता विकासमा उल्लेखनीय योगदान पुर्‍याएको बताए। उनले आइएमईलाई देशकै सर्वाधिक विश्वासिलो ब्रान्डका रूपमा स्थापित हुनु कम्पनीको “गौरवपूर्ण उपलब्धि” भएको उल्लेख गरे।

     

    त्यसैगरी, प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले वित्तीय प्रविधिको अधिकतम उपयोगमार्फत रेमिटेन्स सेवा झनै सरल, सुरक्षित र सहज बनाउँदै लैजाने योजना प्रस्तुत गर्दै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा आइएमईको पहिचानलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे।


    अर्थ चौतारी
  • मंगलबार, २५ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट