logo

२०८३ बैशाख १९, शनिबार

logo
  • २०८३ बैशाख १९, शनिबार
  • कलैया खानेपानी कार्यालयमा भ्रष्टाचार, ४ जना विरुद्ध मुद्दा

    कलैया खानेपानी कार्यालयमा भ्रष्टाचार, ४ जना विरुद्ध मुद्दा

    1.1K
    SHARES
    कलैया खानेपानी कार्यालयमा भ्रष्टाचार, ४ जना विरुद्ध मुद्दा

    काठमाण्डौ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, डिभिजन नं. ४ कलैया, बारामा ३ लाख १६ हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ जना विरुद्ध मुद्दा चलाएको छ।



     

    कार्यालयका निमित्त डिभिजन प्रमुख समेतले केही मिडियाकर्मीसँग मिलेर ठेक्काको सूचना लुकाएर लाखौं रुपैयाँ भ्रष्टाचार गरेको भन्दै उजुरी परेपछि अख्तियारले छानबिन थालेको थियो।

     

    छानबिनमा आथिर्क वर्ष ०७९/८० को बजेटले विभिन्न निर्माण कार्यका लागि २३ वटा बोलपत्र राष्ट्रिय दैनिक प्रत्रिका मार्पmत् आह्वान गर्नु पर्नेमा सान्दर्भिक मिडिया नेटवर्क प्रा.लि. का प्रबन्धक निसान्त सिग्देल र प्रभाव दैनिकका बजार प्रबन्धक सन्तोषराज खरेलसँग मिलेर सूचना लुकाएको खुलेको छ।

     

    ठेक्काको अभिलेख राख्नका लागि प्रभाव दैनिकको पत्रिकामा एक प्रति प्रकाशित गरिएको सूचना कार्यालयमा पेश गरेको देखिएको तर प्रेस काउन्सिल नेपाल र प्रभाव पब्लिकेसन प्रा.लि. ले उक्त ठेक्काको बोलपत्रको सूचना सार्वजनिक रूपमा प्रकाशित नै नभएको जवाफ दिएपछि मुद्दा चलाएको हो।

     

    अख्तियारले निमित्त डिभिजन प्रमुख किशोरी प्रसाद यादव, लेखापाल प्रदिप दास, मिडियाकर्मी निसान्त सिग्देल र सन्तोषराज खरेललाई विपक्षी बनाएर विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।


    अर्थ चौतारी
  • सोमबार, १ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट