logo

२०८२ मंसिर १, सोमबार

logo
  • २०८२ मंसिर १, सोमबार
  • इनड्राइभ नेपाल प्रिमियर लिग २०२५ को आधिकारिक राइड–हेलिङ पार्टनर

    इनड्राइभ नेपाल प्रिमियर लिग २०२५ को आधिकारिक राइड–हेलिङ पार्टनर

    221
    SHARES
    इनड्राइभ नेपाल प्रिमियर लिग २०२५ को आधिकारिक राइड–हेलिङ पार्टनर

    काठमाण्डाै । नेपालको प्रमुख राइड–हेलिङ एप तथा ग्लोबल मोबिलिटी एण्ड अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ सँग आधिकारिक राइड–हेलिङ पार्टनरको रूपमा साझेदारी गरेको छ । यो साझेदारीले नेपालको सबैभन्दा ठुलो र लोकप्रिय टी ट्वान्टी क्रिकेट लिग र विश्वभर सर्वाधिक प्रयोग गरिने राइड शेयरिंग एप इनड्राइभलाई एकै ठाउँमा ल्याएको छ ।

     

    साझेदारीले इनड्राइभलाई युवा तथा खेल समुदायसँगको सक्रिय सम्बन्ध सुदृढ गर्दै नेपाली बजारमा अझ गहिरो पहुँच स्थापना गर्ने महत्त्वपूर्ण अवसर प्रदान गरेको कम्पनीले बताएको छ । यात्रु र ड्राइभरले प्रत्यक्ष भाडा तय गर्न सक्ने मोडलमा आधारित इनड्राइभले निष्पक्षता, पारदर्शिता र स्वतन्त्रताको मूल्यलाई प्राथमिकता दिन्छ, जुन नेपाल प्रिमियर लिगको भावना र मूल्यसँग पनि मेल कम्पनीको भनाई रहेको छ । कम्पनीले स्थानीय पहलहरुलाई समर्थन गर्ने र समान अवसर सिर्जना गर्ने आफ्नो उद्देश्यलाई निरन्तर पूरा गर्दै आएको बताएको छ ।

     

    इनड्राइभका नेपाल कन्ट्री रिप्रिजेन्टेटिभ रिता पोखरेलले भनिन्, “नेपाल प्रिमियर लिग जस्तो नेपालको प्रतिष्ठित एवं ठुलो क्रिकेट लिगसँग साझेदारी गर्न पाउँदा हामी निकै उत्साहित छौँ । क्रिकेटले देश तथा विदेशमा छरिएर रहेका समस्त जनतालाई एकताबद्ध गर्छ र यस साझेदारीले हामीलाई त्यो अद्भुत ऊर्जा भित्र रहने मौका दिएको छ, साथै सबैका लागि सहज, सुरक्षित र लचिलो मोबिलिटी सुनिश्चित गर्छ । इनड्राइभको निष्पक्ष व्यवसाय मोडलले पारदर्शिता, स्वतन्त्रता र मूल्यमार्फत मानिसलाई सशक्त बनाउँछ, जुन क्रिकेटको भावना र एनपीएलको सिद्धान्तसँग पूर्ण मेल खान्छ । हामी यस सिजनलाई अझ रोचक, पहुँचयोग्य र स्मरणीय बनाउने आशा गर्दछौँ ।”

     

    नेपाल क्रिकेट एसोसिएसन अफ नेपालका सचिव पारस खड्काले इनड्राइभलाई एनपीएल परिवारमा स्वागत गर्दै भने, “इनड्राइभलाई हाम्रो आधिकारिक राइड–हेलिङ पार्टनरको रूपमा स्वागत गर्न पाउँदा हामी खुसी छौँ । समुदायलाई सशक्त बनाउने र सहज पहुँच पुर्‍याउने बनाउने इनड्राइभको प्रतिबद्धता र क्रिकेटमार्फत समावेशिता र खेलको भावना प्रवर्द्धन गर्ने हाम्रो उद्देश्य मेल खान्छ । इनड्राइभको सहभागिताले यस सिजनको फ्यान अनुभवलाई अझ समृद्ध र उत्साहजनक बनाउनेछ भन्नेमा हामी विश्वास गर्छौँ ।”


    अर्थ चाैतारी
  • २०८२ मंसिर १, सोमबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट