logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • नबिल बैंकको संस्थापक शेयर प्रतिकित्ता ३०१ रुपैयाँमा बिक्रीमा

    नबिल बैंकको संस्थापक शेयर प्रतिकित्ता ३०१ रुपैयाँमा बिक्रीमा

    1.3K
    SHARES
    नबिल बैंकको संस्थापक शेयर प्रतिकित्ता ३०१ रुपैयाँमा बिक्रीमा

    काठमाण्डौ । नबिल बैंक लिमिटेडले आफ्ना ३ जना संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको कुल १ लाख २५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।



     

    बैंकका संस्थापक शेयरधनी जीत बहादुर श्रेष्ठको स्वामित्वमा रहेको ५० हजार, अर्का शेयरधनी जिज्ञाशा अर्यालको स्वामित्वमा रहेको ५० हजार र शेयरधनी जश श्रेष्ठको स्वामित्वमा रहेको २५ हजार कित्ता शेयर बिक्रीमा राखेको हो।

     

    हाल यस शेयर खरीदका लागि बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै निवेदन दिन पाउनेछन्। यसका लागि ३५ दिनभित्र काठमाडौंको दरबारमार्गस्थित बैंकको केन्द्रीय कार्यालयमा रहेको कम्पनी सचिवको कार्यालयमा आफूले किन्न चाहेको शेयर संख्या र खरीद मूल्य खुलाएर गोप्य शिलबन्दी पेश गर्नु पर्नेछ।

     

    जसमध्ये जश श्रेष्ठको स्वामित्वको २५ हजार कित्ता शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३०१.१० रुपैयाँ तोकिएको छ भने बाँकी १ लाख कित्ता शेयरको न्यूनतम मूल्य तोकिएको छैन। ३५ दिनभित्र संस्थापक शेयरधनीहरूबाट शेयर खरीदका लागि निवेदन प्राप्त नभएमा बाँकी शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले जानकारी दिएको छ।


    अर्थ चौतारी
  • मंगलबार, २ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट