logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • कुनै व्यक्ति एकै समयमा एकमात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने व्यवस्था कार्यान्वयन गर्न निर्देशन

    कुनै व्यक्ति एकै समयमा एकमात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने व्यवस्था कार्यान्वयन गर्न निर्देशन

    1.8K
    SHARES
    कुनै व्यक्ति एकै समयमा एकमात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने व्यवस्था कार्यान्वयन गर्न निर्देशन

    काठमाण्डौ । सहकारी विभागले कुनै एक व्यक्ति एकै समयमा एकमात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको छ।



     

    विभागले एक परिपत्र जारी गर्दै सहकारी संस्थाहरुलाई यस्तो निर्देशन दिएको हो। सहकारी ऐन, २०७४ को दफा ४१ (५)मा रहेको कुनै व्यक्ति एकै समयमा एकमात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने व्यवस्था रहेको छ।

     

    यो व्यवस्थाविपरीत केही व्यक्ति अझै पनि दोहोरो सञ्चालकका रुपमा कार्यरत रहेको भन्ने गुनासो प्राप्त भएको भन्दै विभागले यो निर्देशन जारी गरेको हो। नियमन परिपालना नभएको पाइएमा सहकारी ऐन र नियमावली बमोजिम कारबाही गरिने विभागले चेतावनी दिएको छ।


    अर्थ चौतारी
  • मंगलबार, २३ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट