logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • आजदेखि आइपीओ बिक्री गर्दै सालपा विकास बैंक, क-कसले भर्न पाउने ?

    आजदेखि आइपीओ बिक्री गर्दै सालपा विकास बैंक, क-कसले भर्न पाउने ?

    754
    SHARES
    आजदेखि आइपीओ बिक्री गर्दै सालपा विकास बैंक, क-कसले भर्न पाउने ?

    काठमाण्डौ । सालपा विकास बैंकले आज मंसिर २५ गतेदेखि पहिलो चरणको आइपीओ जारी गर्ने भएको छ। बैंकले पहिलो चरणअमा सर्वसाधारणलाई छुट्याइएको कुल १७ लाख २३ हजार ८८० कित्ताको १० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका १ लाख ७२ हजार ३८८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गर्न लागेको हो।



     

    वैदेशिक रोजगारमा रहेका नेपालीले आइपीओमा मंसिर २९ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिभित्र पर्याप्त आवेदन नपरेको खण्डमा आइपीओ निष्कासन अवधि पुस १० गतेसम्म लम्बिन सक्छ।

    यो आइपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० र अधिकतममा २५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्बा सेवा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो शेयरबाट समेत आवेदन दिन सकिनेछ।

     

     

    दोस्रो चरणमा बैंकले ५ प्रतिशतले हुन आउने ८६ हजार १९४ कित्ता सामूहिक लगानी कोषका लागि र ०।५० प्रतिशतले हुन आउने २६ हजार ११९ कित्ता कर्मचारीका लागि छुट्याएर बाँकी १४ लाख ३९ हजार ११९ कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गर्नेछ।


    अर्थ चौतारी
  • विहिबार, २५ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट