काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई दिने लाभांश निर्क्योल गरेको छ।
कम्पनीको बुधबार साँझ बसेको सञ्चालक समिति बैठकले ५ प्रतिशत बोनससहित कुल २१.०५ प्रतिशत लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो।
आर्थिक वर्ष २०८१÷०८२ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको २१.०५ प्रतिशत लाभांश बाँड्न लागिएको हो।
बीमा प्राधिकरणको स्वीकृतिपछि कम्पनीको २६औँ वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले लाभांश पाउनेछन्। कम्पनीको हाल कायम चुक्ता पुँजी ९ अर्ब २ करोड ८७ लाख ६३ हजार २ सय ९ रुपैयाँ छ।
यसबाट सेयरधनीहरुले १ अर्ब ९० करोड ७ लाख ९२ हजार २ सय ५५ रुपैयाँबराबरको लाभांश पाउनेछन्। ५ प्रतिशत बोनस सेयर र १६.०५ प्रतिशत बोनस तथा नगद लाभांशको करसहित नगदै बाँडिने कम्पनीले जनाएको छ।
अर्थ चाैतारी ।