logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • हेटौडाको युनिक प्लास्टिक उद्योगले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धक चयन

    हेटौडाको युनिक प्लास्टिक उद्योगले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धक चयन

    1K
    SHARES
    हेटौडाको युनिक प्लास्टिक उद्योगले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धक चयन

    काठमाण्डौ । युनिक प्लास्टिक उद्योग लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्नको लागि नेपाल लाइफ क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ । सम्झौतापत्रमा युनिक प्लास्टिक उद्योग लिमिटेडका तर्फबाट अध्यक्ष हरि बहादुर बस्नेत तथा नेपाल लाइफ क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले हस्ताक्षर गरेका छन्।



     

     

    कम्पनीले जारी पूँजीको २० प्रतिशतका दरले हुन आउने प्रति शेयर अंकित मूल्य रु. १००/- मा ७,५०,००० कित्ता शेयर निष्काशन गर्ने भएको हो । यस कम्पनीको उद्योग हेटौंडा उपमहानगरपालिका वडा नं.८ स्थित औद्यौगिक क्षेत्रमा रहेको छ ।

     

     

    नेपालको बढ्दो पूर्वाधार तथा खानेपानी आवश्यकतालाई मध्यनजर गर्दै विगत ५ बर्ष देखि युनिक प्लास्टिक उद्योग लिमिटेडले स्वदेशमै उच्च गुण्स्तरीय आधुनिक प्रविधिको प्रयोग मार्फत नेपाल गुणस्तर (NS40:2079) द्धारा मान्यता प्राप्त १६ एमएम देखि १६० एमएमसम्मका विभिन्न साइज तथा 3 PN देखि 20 PN सम्मका दबाब क्षमतायुक्त १०० भन्दा बढि प्रकारका PE-100 पाइप उत्पादन गर्दै आईरहेको छ । यी पाइपहरु खानेपानी आपूर्ती, सिँचाइ, पहाडी क्षेत्रका पानी लाइन, ढल तथा ग्यास लाइन, दुरसञ्चार, विद्युत तथा अन्य भूमिगत संरचनामा प्रयोग हुँदै आएका छन् । निकट भविष्यमा कपिलबस्तु जिल्लाको चन्द्रौटामा रहेको आफ्नै जग्गामा शाखा बिस्तार गरि प्लास्टिक जन्य सामाग्रीको उत्पादन गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।


    अर्थ चौतारी
  • विहिबार, १० पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट