logo

२०८३ असार ४, विहिबार

logo
  • २०८३ असार ४, विहिबार
  • मंसिरमा ६५ हजार नेपाली कामदार बिदेसिए

    मंसिरमा ६५ हजार नेपाली कामदार बिदेसिए

    2K
    SHARES
    मंसिरमा ६५ हजार नेपाली कामदार बिदेसिए

    काठमाण्डौ । चालु आर्थिक वर्ष २०८१/८२ काे मंसिरमा वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको सङ्ख्या घटेको छ । जेनजी आन्दोलनपछि प्रमुख श्रम गन्तव्य देशहरूले कडाइ गरेसँगै वैदेशिक रोजगारीमा जाने श्रमिकको सङ्ख्या ओरालो लागेको हो ।



     

    वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार मंसिरमा ६५ हजार ७ सय ५ नेपाली वैदेशिक रोजगारीमा गएका छन् । यो अघिल्लो महिना (कात्तिक)को तुलनामा ७ हजार ३ सयले कम भएको तथ्यांकले देखाउँछ । कात्तिकमा ७३ हजार ९४ नेपालीले श्रम स्वीकृति लिएका थिए ।

     

     

    यद्यपि मंसिरमा नयाँ श्रम स्वीकृति लिनेहरूको सङ्ख्या भने बढेको छ । मंसिरमा २९ हजार ६ सय १८ जनाले नयाँ श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका विभागको तथ्यांकले जनाएको छ । कात्तिकमा भने २२ हजार ५ सय १५ जनाले नयाँ श्रम स्वीकृति लिएका थिए ।

     

    मंसिरमा सबैभन्दा बढी नेपाली कामदार साउदी अरेबिया (६ हजार ४ सय ४२) पुगेका छन् । त्यसपछि कतारमा ३ हजार ८ सय ६१, यूएई २ हजार ३ सय ४२ र मलेसियामा ३ हजार ४ सय ४० जना कामदार गएका छन् ।


    अर्थ चौतारी
  • शुक्रबार, ११ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट