logo

२०८३ असार ४, विहिबार

logo
  • २०८३ असार ४, विहिबार
  • सर्वोच्चमा एकैदिन २४५ वटा बैंकिङ कसुरका मुद्दा पेशीमा, आर्थिक हिसाव बिग्रनेको संख्या बढ्दै

    सर्वोच्चमा एकैदिन २४५ वटा बैंकिङ कसुरका मुद्दा पेशीमा, आर्थिक हिसाव बिग्रनेको संख्या बढ्दै

    1.5K
    SHARES
    सर्वोच्चमा एकैदिन २४५ वटा बैंकिङ कसुरका मुद्दा पेशीमा, आर्थिक हिसाव बिग्रनेको संख्या बढ्दै

    काठमाण्डौ । आर्थिक हिसाव बिग्रनेको संख्या बढ्दै जाँदा बैंकिङ कसुरको मुद्दा लिएर अदालतसम्म पुग्नेको संख्यासमेत बढेको छ । एकातिर व्यवसाय गर्ने देखि आर्थिक कारोबारलाई मिलाउन नसक्नेहरुका कारण बढेको कालोसूचीमा पर्नेको संख्यासमेत बढ्दै गएको छ भने अर्कोतिर बैंकिङ कसुरको मुद्दा पनि बढेको देखिएको छ ।



     

    आइतबार सर्वोच्च अदालतमा एकैदिन २४५ वटा बैंकिङ कसुरका मुद्दाको पेशी चढेको छ । आइतबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र मेघराज पोखरेलको संयुक्त इजालासम मात्रै १२३ वटा मुद्दा छन् ।

     

    यीमध्ये एउटै व्यक्तिका धेरैवटा मुद्दा हुँदा र धेरैजसो बैंकिङ कसुरको पेशी सोही इजलासमा परेकोले पनि एकैदिन धेरैवटा मुद्दा देखिएको हो । यस्तो बैंकिङ कसुरको मुद्दामा चिरन बादे श्रेष्ठको मात्रै २०७८ फागुन २३ मा दर्ता भएका ३० वटा मुद्दा छन । यस्तै लब वराइली र सामिन शाक्यका पनि धेरैवटा मुद्दा छन ।

     

     

    कर्जा सूचना केन्द्रको तथ्यांक अनुसार मंसिर महिनामा मात्रै १३ सय ३३ जना व्यक्ति कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका छन् । कालोसूचीमा पर्ने व्यक्तिहरु मंसिर महिनामा औषतामा ४६ जना रहेका छन् । आर्थिक व्यवहार बिग्रदै जाँदाको परिणामस्वरुप अदालसम्म मुद्दा लिएर पुग्नेको संख्या समेत बढ्दै गएको सोमबार सर्वोच्च अदालतमा भइरहेको बैंकिङ कसुरका मुद्दाले पुष्टि गर्छ । यस्ता मुद्दाहरु सबै आर्थिक लेनदेन नमिलेका कारण भएको देखिन्छ ।

     

     

    कर्जा सूचना केन्द्रका अनुसार असार मसान्तसम्ममा ९ हजार २५८ जना व्यक्ति कालोसूचीमा रहेकामा अहिले यो संख्या ६ हजार ६ सय ३६ जनाले बढेको छ । पुस ११ गतेसम्मको ११ दिनमा मात्रै १७ सय व्यक्ति कालोसूचीमा परेका छन् । कालोसूचीमा पर्ने व्यक्तिहरुमा साउनमा १५ सय जना थिए । यो संख्या भदौमा १७ सय ४५, असोजमा ९७१, कात्तिकमा ८४७, मंसिरमा १३ सय ३३ रहेको पनि कर्जा सूचना केन्द्रको तथ्यांकले देखाएको छ ।


    अर्थ चौतारी
  • आइतबार, १३ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट