logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • जुनसुकै अवस्थामा पनि एमाले चुनावमा होमिन्छःएमाले अध्यक्ष ओली

    जुनसुकै अवस्थामा पनि एमाले चुनावमा होमिन्छःएमाले अध्यक्ष ओली

    1.7K
    SHARES
    जुनसुकै अवस्थामा पनि एमाले चुनावमा होमिन्छःएमाले अध्यक्ष ओली

    झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले नेकपा एमाले जुनसुकै अवस्थामा पनि चुनावमा होमिने बताउनुभएको छ ।



     

    प्रतिनिधिसभा सदस्यको निर्वाचन सन्दर्भमा आज गृहजिल्ला झापा आइपुग्नु हुँदा चन्द्रगढी विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उहाँले उक्त धारणा व्यक्त गर्नुभएको हो ।

     

    “शान्तिसुरक्षाको अवस्था राम्रो बन्नुपर्छ,” उहाँले भन्नुभयो, “हामी जुनसुकै अवस्थामा पनि चुनावमा भाग लिन्छौँ ।” निर्वाचन शान्तिपूर्ण, भयरहित र निष्पक्ष रुपमा सम्पन्न हुनुपर्ने उहाँले आग्रह गर्नुभयो ।

    आजै उहाँ काठमाडौँबाट चन्द्रगढी विमानस्थलमा आइपुग्दा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पार्टीका जिल्ला अध्यक्ष प्रेम गिरीलगायत कार्यकर्ताले स्वागत गरेका थिए ।

    आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन कार्यतालिकाअनुसार यही माघ ६ गते उम्मेदवारहरूको मनोनयन दर्ता हुनेछ । अध्यक्ष ओली झापा निर्वाचन क्षेत्र नं ५ मा आफ्नो उम्मेदवारी दर्ताका लागि आउनुभएको जिल्ला अध्यक्ष गिरीले बताउनुभयो ।

    पार्टीले निर्वाचन सन्दर्भमा आयोजना गर्ने कार्यकर्ता भेला र बैठकहरूलाई अध्यक्ष ओलीले सम्बोधन गर्ने समेत कार्यक्रम रहेको उहाँले बताउनुभयो । गत भदौमा जेनजी आन्दोलनका कारण प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि अध्यक्ष ओली गृहजिल्लामा पहिलोपल्ट आउनुभएको हो । रासस

     

     


    अर्थ चौतारी
  • सोमबार, ५ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट