काठमाण्डौ । विजय लघुवित्तले निष्काशन गरेको एफपीओ बाँडफाँड भएको छ बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज बिहान ९ बजे शेयर बाँडफाँड गरेको हो ।
कम्पनीले पुस २१ गतेदेखि ओउस २४ गतेसम्म सर्वसाधारणलाई ४ करोड ६६ लाख ८१ हजार ७ सय रुपैयाँ बराबरको ४ लाख ६६ हजार ८ सय १७ कित्ता शेयर निष्काशन गरेको थियो। क्यापिटलका अनुसार यस निष्काशनमा २१ लाख ९९ हजार २६ जनाको आवेदन परेको थियो । जस मध्ये २१ लाख ९६ हजार ३४ जनाको आवेदन मात्र योग्य भएको छ । माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ ।
जस अनुसार गोलाप्रथाबाट ४६ हजार ६ सय ८१ जनाली मात्र शेयर पाएका छन् । यी मध्ये ७ जनाले ११ कित्ता शेयर पाएका छन् । बाँकि आवेदक भने हात खाली भएका छन् । एफपीओको नतिजा केही समयपछि सार्वजनिक हुने छ।
नेपाल धितपत्र बोर्डले मङ्सिर १४ गते कम्पनीलाई एफपीओ निष्काशनको अनुमति दिएको थियो । एफपीओ निष्काशनपछि कम्पनीमा संस्थापक र सर्वसाधारणको शेयर अनुपात ७०:३० कायम हुने छ।
अर्थ चाैतारी ।