logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • पाँचवटा सहकारी संस्थाबीच मर्जर घोषणा, सेयर पुँजी ३० करोड ८१ लाख पुग्ने

    पाँचवटा सहकारी संस्थाबीच मर्जर घोषणा, सेयर पुँजी ३० करोड ८१ लाख पुग्ने

    2K
    SHARES
    पाँचवटा सहकारी संस्थाबीच मर्जर घोषणा, सेयर पुँजी ३० करोड ८१ लाख पुग्ने

    काठमाण्डौ । बैंक तथा वित्तीय संस्था मात्र होइन पछिल्लो समय बीमा कम्पनी समेत एकपछि अर्को गर्दै मर्जरमा गइरहेका छन् । यस्तैमा पछिल्लो समय ३० हजार हाराहारीमा रहेको सहकारी संघ, संस्थाहरू समेत एक आपसमा मर्जरमा जान थालेका छन् ।



    यस्तैमा शनिबार मात्र पाँचवटा सहकारी संस्थाहरूले एउटै संस्था बन्ने गरी एकीकरणको घोषणा गरेका छन् । काठमाडौँमा सञ्चालित आइडल यमुना बहुउद्देश्यीय सहकारी संस्था, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था, सत्कार बचत तथा ऋण सहकारी संस्था र घेदुङ बहुउद्देश्यीय सहकारी संस्थाबीच एकीकरणको सम्झौता भएको हो । १ महिनाभित्र वार्षिक साधारण सभा गर्ने र त्यसको १५ दिन भित्र एकीकृत साधारणसभा गर्नेगरि यी पाँच संस्थाबीच मर्जरको घोषणा भएको छ ।

    एकीकरणपछि संस्थाको नाम ‘नेशनल आइडल यमुना बचत तथा ऋण सहकारी संस्था हुनेछ भने संस्थाको कुल सेयर पुँजी ३० करोड ८१ लाख २२ हजार रुपैयाँ पुग्नेछ । त्यस्तै संस्थाको जगेडा कोषमा १४ करोड ६६ लाख, कर्जा जोखिम कोष १२ करोड ४२ लाख, कुल संस्थागत पुँजी १६ करोड ९४ लाख, अन्य कोषहरू २ करोड २७ लाख, कुल बचत ५ अर्ब ६३ करोड, लगानीमा रहेको ऋण ४ अर्ब २७ करोड, वित्तीय लगानी ४ करोड २७ लाख, तरलता रकम १ अर्ब ३८ करोड रहनेछ भने ऋणी सदस्यहरूको सङ्ख्या ६ हजार ८ सय ५८ जना हुनेछ ।

    मर्जरपछि सेयर सदस्य सङ्ख्या ३० हजार २० जना पुग्ने संस्थाको कुल सम्पत्ति ७ अर्ब ५८ करोड रुपैयाँ पुग्नेछ । एकीकरणपछि संस्थाको अध्यक्ष ज्ञानबहादुर तामाङ बन्नेछन् भने प्रमुख कार्यकारी अधिकृत (सिईओ) हालको आइडल यमुना बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कुयाङ लामाले सम्हाल्नेछन् । शनिबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलको प्रमुख आतिथ्यमा एकीकरण सम्झौता भएको हो ।


    अर्थ चाैतारी
  • आइतबार, १२ भदाै २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट