logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • दाबी भुक्तानी बढ्दा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स १७ करोड ८५ लाख नोक्सानीमा

    दाबी भुक्तानी बढ्दा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स १७ करोड ८५ लाख नोक्सानीमा

    897
    SHARES
    दाबी भुक्तानी बढ्दा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स १७ करोड ८५ लाख नोक्सानीमा

    काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (पुस मसान्त) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।



    कम्पनीले प्रकाशित गरेको यस अवधिको विवरण अनुसार इन्स्योरेन्स १७ करोड ८५ लाख ५२ हजार ५४७ रुपैयाँ खुद नोक्सानीमा देखिएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २२ करोड ५० लाख ५ हजार १४५ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

    समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमा शुल्क ७४ करोड ६६ लाख ३० हजार २२१ रुपैयाँ रहेको छ, जुन गत वर्षको तुलनामा ७.१३ प्रतिशतले कम हो। कम्पनीको नाफामा उल्लेख्य गिरावट आउनुमा मुख्यतया दाबी भुक्तानीमा भएको वृद्धिलाई मानिएको छ।

    चालू आर्थिक वर्षको पुस मसान्तसम्म इन्स्योरेन्सको कुल दाबी भुक्तानी १ अर्ब २४ करोड १० लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिमा १ अर्ब ५ करोड ६ लाख रुपैयाँ मात्र थियो। विशेष गरी गत भदौ महिनामा भएको ‘जेनजी’ प्रदर्शन र असोजमा भएको अविरल वर्षा तथा बाढीका कारण बीमा दाबीमा ठूलो चाप परेको कम्पनीले उल्लेख गरेको छ।

    वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी (इपीएस) १२.७२ रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ २४१.३४ रुपैयाँ कायम भएको छ।

    यस्तै, प्रतिशेयर कुल सम्पत्तिको मूल्य ७५९.९० रुपैयाँ रहेको छ। कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड ६५ लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ्गमा ११ करोड ८५ लाख १६ हजार रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा कम्पनीले २ अर्ब १९ करोड ६५ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ।


    अर्थ चाैतारी
  • मंगलबार, २७ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट